१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुर सूर्यविनायकमा भेटियो पुरुषको शव, पहिचान हुन सकेन



प्रतिकात्मक तस्बिर

२१ असार ०७८, भक्तपुर । भक्तपुर सूर्यविनायकमा एक पुरुषको वेवारिसे शव भेटिएको छ । आइतबार साँझ सूर्यविनायक नगरपालिका १ सिरुटार चमेली वनमा अन्दाजी ४० वर्षीय पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।
झण्डै एक साताअघि नै मृत्यु भएको अवस्थामा हरियो ज्याकेट, सुन्तला रंगको हाफप्यान्ट र कालो संगको जुत्ता लगाएको अवस्थामा एक युवाको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दिपक गिरीले बताए ।

जंगलमा शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रहरी निरीक्षक पञ्चलाल गोलेको कमाण्डमा खटिएको प्रहरी टोलीले शव पोष्टमार्टका लागि अस्पताल लगेको छ।

गलिसकेको शव पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट पठाइएको गिरीले बताए। प्रहरीले शवको हुलिया सार्वजनिक गर्दै पहिचानको लागि सहयोग गरिदिन सबैमा आग्रह गरेको छ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ९ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।