२७ पुस २०८१, शनिबार | Sun Jan 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


थानकोटमा चक्कु प्रहार गरी साहको हत्या, दुई पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

२१ असार ०७८, काठमाडौं । काठमाडौँमा धारिलो हतियार प्रहार गरी एक व्यक्तिको हत्या गर्ने दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रागिरि नगरपालिका ३ थानकोट बस्ने महोत्तरीको जलेश्वर नगरपालिका २ का २० वर्षीय जितेन्द्र साहको आइतबार धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको अभियोगमा चन्द्रागिरि ३ थानकोट बस्ने ३६ वर्षीय सोमलाल गोपाली र मकवानपुर दामन घर भएका २५ वर्षीय मनोज दोङ तामाङलाई पक्राउ गरिएको हो ।
चन्द्रागिरि ३ थानकोटमा गए राति उनीहरुसहित तीन जनाको समूहले चक्कु प्रहार गर्दा साहलाई गम्भीर घाइते बनाएकामा उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा आज मृत्यु भएको थियो । यस घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा गोपालीलाई चन्द्रागिरि ३ थानकोट र तामाङलाई यसै नगरपालिका १ दहचोकबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिएका छन् ।

घटनामा संलग्न भइ हाल फरार एक व्यक्तिको खोजी जारी रहेको छ । पक्राउ परेका दुईविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
निषेधाज्ञा उल्लङ्घन गर्ने १४६ कारवाहीमा
विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गर्ने ५३० सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर चालकलाई सचेत गराएको छ । यसै क्रममा प्रहरीले निःशुल्क मास्क वितरण अभियान चलाइरहेको छ । हालसम्म चार लाख ६१ हजार ९९ लाई मास्क वितरण गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने १४६ लाई कोरोना सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारवाही गरी रु १५ हजार जरिवाना गरिएको छ ।

 

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ९ : ४३ बजे