५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको चौघरेबाट सात बर्षिया वालिका बलत्कारको आरोपमा ६६ वर्षिया बृद्ध पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

२९ असार ०७८, ललितपुर । दक्षिण ललितपुरको चौघरेबाट सात वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा ६६ बर्षिया बृद्ध पक्राउ परेका छन् । प्रहरीका अनुसार बलात्कारको आरोपमा कोन्ज्योसोम गाउँपालिका १ चौघरेस्थित ठोस्ने खोला बस्ने ६६ वर्षीय फ्याङसिर घ्यावालाई सोमाबर दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेको अभियुक्तलाई महानगरिय प्रहरी बृत्त चापागाँउ लगिएको चौघरे प्रहरी चौकीले ललितपुर खबरलाई बताए । चौघरे प्रहरीका अनुसार घटनाको अनुसन्धान चापागाँउ प्रहरीले गरिरहेको छ ।
घ्यावाले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ३ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।