२ साउन ०७८, काठमाडौं । काठमाडौंको नागढुंगा नाकाबाट २ जना यष्ुवाहरु अबैध लागूऔषधसहित पक्राउ परेका छन् । प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका २ स्थित नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम १७ एम्पुल, नुर्फिन १७ एम्पुल, फेनारगन १७ एम्पुल र नाईट्राभेट ४४ ट्याब्लेट सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही लालबन्दी नगरपालिका–८ बस्ने २६ वर्षीय अर्जुन कुमार सरकार र सर्लाही ईश्वरपुर नगरपालिका–४ बस्ने २१ वर्षीय मनिष माझी रहेका छन् । सर्लाहीबाट काठमाडौं आउँदै गरेको
ना.५ ख ६५९९ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो
।
प्रतिक्रिया