५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मिटर ब्याजदरमा चर्को रकम असुल गर्ने व्यक्ति चाबहिलबाट पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

३ साउन ०७८, काठमाडौं ।  मिटर ब्याजदरमा पैसा लगाएर चर्को रकम असुल गर्ने गणेश उप्रेती पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले उप्रेतीलाई साउन १ मा प्रक्राउ गरेको हो।

उप्रेतीले विभिन्न व्यक्तिहरुलाई रकम दिइ अग्रीम चेक लिने गरेका थिए। उनले प्रकाश कार्की र हेमराज गुभाजूलाई मिटर ब्याजमा रकम लगाइ अग्रीम रुपमा चेक लिएका थिए।

उप्रेतीले कार्कीबाट ४ करोड १६ लाख र गुभाजूबाट ४ करोड १४ लाख रुपैंयाको चेक लिएका थिए। यो रकम समयमै भुक्तानी नभएपछि कार्की र गुभाजूलाई ज्यान मार्नेसम्मको धम्की उप्रेतीले दिँदै आएका थिए।
उप्रेतीले यसका लागी विभिन्न अपराधिक गिरोह समेत प्रयोग गरेका थिए। उप्रेतीलाई प्रहरीले साउन १ गते काठमाडौंको चाबहिलबाट पक्राउ गरेको बताएको छ।

उनको साथबाट विभिन्न व्यक्तिको नाममा रहेको १९ करोड ४३ लाख रुपैयाँ बराबरको चेक समेत भेटिएको छ। प्रहरीको अनुसन्धानबाट उप्रेतीले थप अन्य व्यक्तिहरुलाई समेत मिटर ब्याजमा रकम लगाएको खुल्न आएको छ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ६ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।