२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी हात्तीगौंडाबाट पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

१४ असार ०७८, काठमाडौं । बैंकिङ कसूर मुद्दाका पटके फरार प्रतिवादी काठमाडौं मनोहरा नगरपालिका-२ ठेगाना भएका ४६ वर्षीय राम खड्कालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा उच्च अदालत पाटनको गत वैशाख १४ गतेको फैसलाले ९ दिन कैद र ९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं हात्तीगौंडाबाट फेला पारी पक्राउ गरेको हो ।
उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितहरूलाई झुक्यानमा पारी एनआईसी एसिया बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट उक्त सजाय र जरिवाना भएको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ६ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।