४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं उपत्यकामा बढ्यो कोरोना संक्रमण, हेर्नुहोस् आज कति ?



१७ साउन ०७८, काठमाडौँ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आइतबार काठमाडौं उपत्यकामा ८५१ जनामा कोरोना संक्रमण देखिएको छ। शनिबार ७७५ जनामा संक्रमण देखिएको थियो।
त्यस्तै, काठमाडौंमा ५९४, ललितपुरमा १६६ र भक्तपुरमा ९१ जनामा कोरोना देखिएको हो। शनिबार काठमाडौंमा ५१७, ललितपुरमा १६४ र भक्तपुरमा ९४ जनामा कोरोना देखिएको थियो।

काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या पनि बढेको छ। उपत्यकामा सक्रिय संक्रमितको संख्या आठ हजार ७८७ पुगेका छन्। जसमध्ये काठमाडौंमा ६ हजार ९८, ललितपुरमा एक हजार ५६४ र भक्तपुरमा एक हजार १२५ पुगेको छ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ५ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।