६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


विशालनगर चोरी घटना, २ जना पक्राउ




२४ भदौ ०७८,काठमाडौं । काठमाडौं महानगरपालिका ४ बिशालनगर डेरा गरी बस्ने गुल्मी रेसुङ्गा नगरपालिका १० घर भएकी ४७ वर्षीया बदुनी कुवँरको कोठाबाट नगद १ लाख रुपैयाँ तथा सुनका विभिन्न गरगहना समेत गरी अन्दाजी १४ लाख ९५ हजार रुपैयाँ चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका ३२ कोटेश्वर घर भएकी २३ वर्षीया ईडेन लामा न्यौपाने र ललितपुर हात्तिवन बस्ने महोत्तरी जलेश्वर नगरपालिका २ घर भएका २२ वर्षीय रितिक चौधरी रहेका छन् ।
कुवँरको कोठामा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनले काम गर्न राखेकी ईडेनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा उनले यो धनमाल चोरी गरी निजकै साथी रितिकलाई राख्न दिएको भन्ने खुल्न आएपछि ललितपुर सातदोवाटो चोकबाट चोरीका गरगहना सहित रितिकलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ८ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।