६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा ‘लिभिङ म्युजियम’ बनाउनुपर्छ : ऊर्जामन्त्री भुसाल




ज्यापू समाज यलको २८ औँ साधारणसभा तथा दसौँै अधिवेशनको शुक्रबार ललितपुरमा उदघाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल । तस्बिरः रत्न श्रेष्ठ\रासस

२५ भदौं ०७८, ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुरको भाषा एवं संस्कृतिको संरक्षण गर्दै यहाँको पर्यटन प्रवद्र्धनका लागि ‘लिभिङ म्युजियम’ (जीवित सङ्ग्राहलय) बनाउनुपर्ने बताएकी छिन् ।
ज्यापु समाज यल (ललितपुर)को २८औँ वार्षिक साधारणसभा एवं १०औँ अधिवेशनका अवसरमा आज शुक्रबार आयोजित कार्यक्रममा उनले ललितपुरका जनताले कला संस्कृतिलाई संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै त्यसलाई निरन्तर कायम राख्दै लैजानुपर्ने बताइन् । उनले कला संस्कृतिको संरक्षण गरेर सिङ्गो ललितपुर पर्यटन क्षेत्रका रूपमा विकास गरेर जनताको जीवनस्तरलाई उकास्न सकिने विश्वास व्यक्त गरिन् ।
नेपालको नेवाः संस्कृति सम्पन्न र समृद्ध रहेको उल्लेख गर्दै उमन्त्री भुसालले आफ्नो भाषा, कला एवं साहित्यलाई केन्द्रमा राखेर स्थापना भएको ज्यापु समाज यलका संस्थापकदेखि नेतृत्व गर्ने सबैलाई आभार व्यक्त गरिन् । मन्त्री भुसालले भाषा, कला र सम्पदा संरक्षणमा सबैरूपमा गर्व गर्न लायक समाजको सम्मान गर्नुपर्ने बताएकी थिइन् ।
ज्यापु समाज भवन, आनन्त निकेतन, संस्कृति संम्पदाको संरक्षणमा बढावा दिएर भाषा संस्कृतिका हिसाबले आफूले यस संस्थासँग अभिन्न अङ्ग भएको उल्लेख गर्दै उनले यलको सम्पूर्ण गतिविधिमा ऐक्यबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा समाजका विभिन्न विधामा महत्वपूर्ण योगदान गर्ने समाजका सदस्यालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १० : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।