१० पुस २०८१, बुधबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


हनुमानढोका दरबार संग्रहालय सर्वसाधारणका लागि खुला



२९ भदौ ०७८, काठमाडौं । कोभिड–१९ का कारण गत वैशाख १६ गतेदेखि बन्द हनुमानढोका दरबार संग्रहालय सर्वसाधारणका लागि खुला गरिएको छ ।
कोभिड–१९ को जोखिम घट्दै गएपछि दरबार संग्रहालय खुला गरिएको हो ।

हनुमानढोका दरबार संग्रहालयका प्रमुख सन्दीप खनालका अनुसार सरकारद्वारा जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सर्वसाधारणलाई प्रवेशको व्यवस्था मिलाइएको छ । संग्रहालय हप्ताको सातै दिन खुला रहनेछ । त्यसैगरी, राजा महेन्द्रलाई जनकपुरमा बम प्रहार गरिएको गाडी समेत प्रदर्शनीमा राखिएको छ ।

हनुमानढोका दरबार संग्रहालयले अवलोकनको लागि सबै विदेशीको लागि टिकट दरमा एकतारुपता ल्याएको छ । सबै विदेशीको लागि असोज १ गतेबाट हुने गरी ३ सय रुपैयाँ टिकट निर्धारण गरिएको छ । नेपाली आगन्तुकले ३० रुपैयाँ टिकट काटेर अवलोकन गर्न सक्नेछन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ६ : ४२ बजे