२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


पाटन दरबार क्षेत्रको स्पेनी प्रान्तीय सरकार सभामुखद्वारा अवलोकन(तस्विरहरु सहित)



सुभानु आचार्य 

११ कात्तिक ०७८, ललितपुर । स्पेनको स्वायत्त प्रान्त एक्टेमदुराका सभामुख तथा सोसलिस्ट पार्टी अध्यक्ष ब्लान्का मार्टिन डेलगाडोसहितको टोलीले आज विहीबार विश्वसम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका १६ स्थित ऐतिहासिक पाटन दरबार क्षेत्रको अवलोकन गरेको छ ।


पाटनको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप अघि बढाउन र यसबारे जानकारी हासिल गर्न भ्रमण गरिएको हो । भ्रमण टोलीले पाटन दरबार सङ्ग्रहालयका तीनै चोकका साथै दरबार परिसरमा रहेका जगत्नारायण, हरिशङ्कर र कृष्णमन्दिरका बारेमा जानकारी लिएको थियो ।


सभामुख तथा अध्यक्ष डेलगाडोले पाटन दरबार क्षेत्र गुगलमा देखिएभन्दा निकै राम्रो भएकाले यसको जगेर्ना गर्न उपस्थित महानुभावलाई आग्रह गरिन् । वाग्मती प्रदेश सरकारका सभामुख सानु श्रेष्ठले अवलोकनपछि यस टोलीले स्पेन फर्किएर बुद्ध उद्यान निर्माण गर्ने बताइन् । उनले भनिन्, “यस भ्रमण मुलुकका लागि निकै फलदायी र उपलब्धिमूलक हुने विश्वास लिएको छु ।”


यसैगरी लपु महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यस भ्रमणबाट ललितपुरको पहिचान थप अघि बढ्न सहयोग पुगेको विश्वास व्यक्त गरे । टोलीले पाटन दरबार क्षेत्रको हिरण्यवर्ण महाविहारका साथै कृष्णमन्दिर अगाडि दुई पाटीको बारेमा समेत जानकारी लिएको थियो ।

रासस

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ९ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।