३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरको लुभु : जहाँ जमिनमूनिबाट आउँछ आगो



ललितपुर खबर
२५ कात्तिक ०७८, लुभु । ललितपुरको लुभुस्थित गोदावरी खोला नजिकै छ, डिएम प्लटिङ । यो प्लटिङमा ढुंगै ढुंगा थुपारिएका छ । यहाँ प्रेसर कुकर, चियादानी,किल्टी र कराईलगायत भाँडाकुडा राखेर एक हुल मान्छे सधैं उभिएका देखिन्छन् ।


यही ठाँउमा जमिनमुनिबाट लगातार आगो आइरहेको छ । ढुंगा थुपारिएको यो ठाँउमा नियमित रुपमा भात दाल र तरकारीलगायत खानेकुरा पकाउन स्थानीयबासीको भीड लाग्ने गरेको हो ।
यही प्लटिङमा कविन मल्ल भेटिए । यहाँको एक कलेजमा पढ्ने विद्यार्थी कविन मल्ल सधै घुम्न प्लटिङमा आउने गरेको बताउछन् । उनले यहाँ मकै पोलेर खाएका छन् । रातको समयमा बसेर यहाँ मासु पोलेर पनि खाएका छन् । उनी भन्छन्,‘नियमित रुपमा आगो आइरहेको छ । पानी पर्दा दिनमा र रातमा पनि आगो आइरहन्छ ।’


कविनसँगै अर्का युवा सञ्जय चौधरी भेटिए । भाईले जमिनमुनिबाट आगो आएका देखाउन ल्याएको बताउने सञ्जय जमिनमुनिबाट आगो आएको अनौंठो मानेर हेरिरहेका थिए । भन्छन्, ‘यसरी लगातार आगो आएको देख्दा अनौंठो लाग्छ । कतै यस्तो कही बतै देखेको थिइन ।’
उनी यसरी नियमित रुपमा धेरै आगो आएको कतै नदेखेको बताउछन् ।

लुभुमा जमिन खन्दा ग्यास निस्केपछि बलेको आगो । फाइल तस्विर : ललितपुर खबर

कविनका अनुसार यहाँ झण्डै ३५ बर्षअघिदेखि लगातार रुपमा आगो बलिरहेको छ । त्यसताका जग खन्ने क्रममा ग्याँस निस्केपछि याँहा नियमित आगो बलिरहेको आफ्नो घरवेटीलाई उदृत गर्दै उनीे बताउछन् । स्थानीयका अनुसार त्यसबेला यहाँ इटा भट्टा थियो । इटा भट्टाका झुपडीमा पाइपबाटै ग्यास बाँडेर खाना बनाउनेगरिएको थियो । इटा भट्टा बन्द भएपछि यो ठाँउको जग्गा प्लटिङ गरेर बिक्रि गरियो ।
यस ठाँउमा नजिक कोठामा बस्नेहरु नियमित खाना पकाउने गर्छन् । स्थानीय अर्जुनदेव शर्मा यो ग्यासका कारण आफ्नोे हरेक महिना हजार रुपैया बचत भइरहेको बताउछन् ।


यहाँ अर्जुन खाना पकाउने पानी तताउनेजस्ता दैनिक काम हुने गरेको बताउछन् । उनी भन्छन्, ‘विहान बेलुका पालो पर्खनु पर्छ । जाडो महिनामा चाँही ज्यादै भीड हुन्छ ।’
यहाँ खानी विभागले परिक्षणपछि ग्यास काम रहेको आफूहरुलाई बताएको अर्जुनले जानकारी दिए । उनले भने, हामीलाई यो ग्याँसका कारण जोखिम छैन भनेका छन् ।
अर्जुनका अनुसार यो ठाँउमा हिउदमा पानी कम भएको कारण आगो कम बल्छ भने बर्षमा अलिबढी आयो बल्छ ।


यहाँका स्थानीयबासीले खाली जमिनमा आगो बल्ने हुँदा रातविरात होहल्ला हुने गरेको बताउछन् । एक स्थानीयले नाम नबताउने शर्तमा भने,राती रक्सी खाएर हल्ला गर्छन् । हामीलाई डर लाग्न थालेको छ ।
खाली ठाँउमा आगो बल्ने हुँदा अनावश्यक भीड बढेको र रातमा असुरक्षा बढेको भन्दै गएको लकडाउनमा यसलाई शान्ति दिप बनाउने भन्दै स्थानीयबासीले २ वटा रिङ राखेको अर्जुनदेव बताउछन् । उनी भन्छन्,‘यहाँका स्थानीय र हामीबीच खुला राख्ने वा रिङ हाल्ने भन्ने विषयमा विवाद नै भयो । झण्डै झडप भएको थियो ।’

इमाडोलमा मिथेन ग्यास पाइपमा राखेर बनाइएको संरचना । फाइल तस्विर : ललितपुर खबर

 

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  १ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।