९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


बज्रवाराही धार्मिक वनमा सडक विस्तार : युवाले बुझाए हस्ताक्षरसहितको विरोधपत्र



१५ मंसिर ०७८,ललितपुर । ललितपुरको गोदावरी(१० बज्रवाराहीमा रहेको धार्मिक वन अतिक्रमण गरी सडक विस्तार गरेको भन्दै स्थानीय युवाले हस्ताक्षर संकलन गरेर गोदावरी नगरपालिकामा बुझाएका छन् ।

गोदावरी नगरपालिकाले नवनिर्मित आफ्नो भवन अगाडि १५ मिटर सडक विस्तारका लागि सडकको केन्द्र भागबाट साढे सात मिटर सडक विस्तार गर्ने क्रममा झण्डै २ मिटरभन्दा धेरै वन क्षेत्रको जमिन मासेर सडक विस्तारका लागि डोजर चलाएपछि सामाजिक सञ्जालमार्फत स्थानीय बासिन्दाले विरोध गरेका थिए ।

बज्रबाराही वन मासेर सडक बनाउनै पर्ने भए सल्लाह गरेर मात्रै सडक विस्तार गर्नु पर्ने बज्रवाराही मन्दिरका पुजारी राजु पुजारीले बताए । उनले भने, ‘बहस गरे मात्रै सडक विस्तार गर्न हुने नहुने निर्णय गर्न सकिन्थ्यो । यहाँ त हामीसँग सल्लाह नै भएन ।’

स्थानीय अनिल महर्जनले बज्रवाराही वन संरक्षण गर्न बसेको ज्योतिदय संघ आफैँले जंगल मास्न लागेको भन्दै आक्रोस पोखे । उनले भने, ‘हामी स्थानीय बासिन्दाले बज्रवाराही जंगल संरक्षण गर्ने सर्तमा मात्रै ज्योतिदय संघको व्यवस्थापनलाई स्वीकार गरेका हौं । वन मास्ने हो भने हामी मान्दैनौं ।’

ज्योतिदय संघका अध्यक्ष नारायण देशारका जिल्ला वन कार्यालय ललितपुरको मौखिक सहमतिमै वनको केही जमिन लिएर सडक विस्तार गर्न लागेको बताए । उनले भने, ुहामी बनको रुख मास्दैनौं । त्याहा रुखलाई नै संरक्षण गरेर फुटपाथ बनाउने हो ।’

दुबैतर्फ सरकारी जमिन रहेकाले सडक मापदण्डमा परेको ठाउँलाई बाटो बनाउन उपभोग गर्न लागेको उनले बताए । देशारका अनुसार सरकारी जग्गा सरकारको इच्छा अनुसार नै प्रयोग गर्न लागिएको हो । सडकमापदण्ड अनुसार नीजि जग्गा लिन हुने सरकारी चाहिँ लिन नहुने भन्ने कानुनमा नभएको उनको जिकिर छ ।

२०५२ देखि ज्योतिदय संघले बज्रवाराही वन संरक्षण गर्दै आएको छ । बज्रवाराही जंगलमा पिकनिक स्पट र मोटरसाइकल पार्किङलगायतको आन्दानीबाट सरसफाइलगायतको काम गरिरहेको देशारले बताए । व्यक्तिगत स्वार्थका लागि सडक बनाउन नलागिएको उनले बताए


ज्योतिदय संका कोषध्यक्ष राज देशारले सडक विस्तार गर्दा बनको जग्गा ढेड मिटर पर्ने र त्यो ठाँउमा फुटपाथ बनाइने बताए । उनले भने,‘फुटपाथमै हामी रुख संरक्षण गछौं । काट्दैनौं ।’

सडक विस्तारका क्रममा गोदावरी नगरपालिकाले बनाएको उपभोक्ता समितिका अध्यक्ष रमेश देशारले जिल्ला वन कार्यालयको सहमतिमै वन क्षेत्र मासेर बाटो बन्न लागेको बताए ।

लगभग ८५ लाख लागतमा झण्डै १ सय मिटर यो बाटो विस्तार र ढलान गर्न लागिएको हो ।
न्युज कारखाना

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ७ : २२ बजे