९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरबाट बस्नेत, राणा र अमात्यले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा



१५ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा ललितपुरबाट तीन नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नेमा तरुण दलका अध्यक्ष जितजंग बस्नेत, कांग्रेस ललितपुरका निवर्तमान सभापति मदन अमात्य तथा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणा छन् ।
बस्नेत र अमात्यले पहिलोपल्ट केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका हुन् । राणाले १३औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए ।
ललितपुरबाट ओमकारप्रसाद श्रेष्ठबाहेक कांग्रेस केन्द्रीय समितिमा अहिलेसम्म अरु आउन सकेका छैनन् । कांग्रेसको १३औं महाधिवेशनमा ललितपुरबाटै नेता रामकृष्ण चित्रकारले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । तर, उनी विजयी हुन सकेनन् ।
यसपटक भने तरुण दलका वर्तमान अध्यक्ष बस्नेत, तरुण दलका पूर्वअध्यक्ष राणा र कांग्रेस ललितपुरका निवर्तमान सभापति अमात्य कांग्रेस केन्द्रीय कमिटीमा आउने प्रयासमा छन् । केन्द्रमा तीनै नेता पार्टी सभापति शेरबहादुर देउवा निकट छन् । न्युज कारखाना

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ७ : ५५ बजे