२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


आहा ! तोरी बारी (तस्विरहरु)




१९ मंसिर ०७८, कपिलवस्तु । तोरी फुलेर कपिलवस्तुका ग्रामीण बस्ती पहेँलाम्मे देखिएका छन् ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग आसपासका बस्तीहरू निकै मनमोहक देखिएका छन् । कपिलवस्तुको बुद्धभूमि ३ मसुरे, रनगाई, बोक्टापुरका खेतहरूमा छपक्कै तोरी फुलेको देख्न सकिन्छ ।
हाँका परम्परागत नेपाली शैलीका घर आँगन पहेँलपुर देखिँदा चिटिक्क बनेका छन् । तोरीको सिजन सुरु भए सँगै कपिलवस्तुका धेरै बस्ती प्राकृतिक रूपले सिँगारिएका छन् । जिल्लाको शिवराज नगरपालिका, विजयनगर गाउँपालिका, बुद्धभूमि नगरपालिका, बाणगंगा नगरपालिकाका बस्तीहरू पहेँलपुर बनेका छन् ।


तोरीको फूल लागेको १५ देखी २० दिन भित्र फूल झर्ने कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख डा. रवीन्द्र चौवे बताउँछन् । कपिलवस्तु कृषि उत्पादनका लागि उर्वर भूमि समेत मानिन्छ । यो सिजनमा तोरीको अलावा, गहुँ मकै र विभिन्न जातका तरकारी खेती हुने गरेको छ ।


जिल्लामा दुई हजार ८१५ हेक्टर बढी जमिनमा तोरी खेती गरिन्छ । प्रतिहेक्टर ९८० केजी तोरी उत्पादन हुने गरेको छ । लेन्सः जानु पाण्डे ÷न्युज कारखाना

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १० : २७ बजे