९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


बज्रवाराही धार्मिक बन अतिक्रमण रोक्न स्थानीयद्वारा संर्घष समिती गठन



२२ मंसिर ०७८,चापागाँउ । बज्रबाराही धार्मिक वन अतिक्रमण गरेर सडक विस्तार गरेपछि चापागाँउका स्थानीयबासीले संर्घष समिती बनाएर आन्दोलन सुरु गर्ने भएका छन् । बुधबार चापागाँउका स्थानीयबासीले वन संरक्षणका अभियन्ता राजेन्द्र देशारको संयोजकत्वमा श्रीमाई बज्रवाराही धार्मिक वन संरक्षण संर्घष समिती गठन गरेका हुन् । बैठकले २५ जनालाई सदस्य रहने गरि समिती बनाएको हो ।
समितीका संयोजक देशारले बज्रवाराही कानून विपरित बनमा डोजर प्रयोग गरेर सडक विस्तारपछि आफूहरुले विरोध गरेपछि विकाश विरोधिको संज्ञा दिएर दवाउन खोजिएको बताए । उनले भने, ‘हामीले १ सयभन्दा धेरै स्थानीयबासीको विरोधको हस्ताक्षर गोदावरी नगरपालिकामा बुझायौं तर दर्ता नै भएन ।’


गोदावरी नगरपालिकाको नवनिर्मित भवन अगाडि झण्डै आठ फिट चौडाईको सडक बन क्षेत्र अतिक्रमण गरेर विस्तार गरेपछि स्थानीयबासी विरोधमा उत्रेका हुन् । ५ सय मिटर दुरीको सडक विस्तारका लागि नगरपालिकाले करिव ८५ लाख रुपैयाँ लगानीमा उपभोक्ता समितीमार्फत काम गरिरहेको छ ।
धर्मिक वनमा अनाधिकृत रुपमा संरचना निर्माण गर्न नपाइने कानूनी व्यवस्था भए पनि नगरपालिकाले जिल्ला वन कार्यालयको मौखिम सहमतीमा सडक विस्तार गरेको बताउदै आएको छ ।
स्थानीय किशोर देशारले बज्रवाारही बनमा सडक विस्तार मात्रै नभई पुरातात्विक विपरित धेरै संरचना निर्माण गरिएको बताए । उनले भने,‘बज्रवाराही बनको संरक्षणको जिम्मा लिएको ज्योतिदय संघले निर्माण गरेको संरचनाहरु नै पुरातत्विक दृष्टिकोण विपरित रहेको छ ।’
बज्रवाराही वन सव डिभिजन कार्यालयकी सहायक वन अधिकृत प्रेमा थापाले आफूले पत्र लेखेर सडक विस्तारको काम रोक्न लगाए पनि पर्खाल लगाउन भने नरोकिएको बताइन् । भनिन् सडक मापदण्डभित्रको वनमा सडक बनाउन डकुमेन्ट त चाहिने हो, ‘मौखिम कुराकानीका आधारमा काम गरेको रहेछ ।’


एक स्थानीयले बज्रवाराही बनमा सडक विस्तार मात्रै नभई गोदावरी नगरपालिकाले बन अतिक्रमण गरेर धेरै संरचना निर्माण गर्न लागेको बताए । नाम नबताउने शर्तमा भने, ‘वनभित्र नगरपालिकाले कव्जा जमाउन खोजेको छ । फेरि अर्को सडक विस्तार योजना आउँदैछ । वनमा नगरपालिकाले विश्रामस्थल बनाउन लागेको छ ।’
धर्मिक वनमा नयाँ संरचना बनाउन नहुने भन्दै नगरपालिकाले लाखौं लगानीमा एक व्यावसायीले जिपलाइन निर्माण गरेर सुरु गरेपछि हटाएको थियो । तर पछिल्लो समय नगरपालिकाकै लगानीमा स्थानीयले यही धार्मिक वनमा व्यायामशाला निर्माण गरेका संचालन गरिरहेका छन् ।
एक स्थानीयका अनुसार गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले छलफलको क्रममा विकाशको काममा बाधा उत्पन्न गर्न नहुने तर्क गर्दै सहमतीमा सडक विस्तार गर्नु पर्ने बताएको जानकारी दिए ।

 

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १ : ३२ बजे