१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


काँग्रेस निर्वाचनमा भृकुटीमण्डप सडक फोहोर, कवाडीले उठाएर कमाए पैसा



ललितपुर खबर
२८ मंसिर ०७८, काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा चुनाव प्रचारका क्रममा फ्याकिएका पर्चा पम्प्लेटका कारण भृकुटी मण्डप सडक फोहोर भएको छ । गत मंसिर २४ गतेबाट भृकुटीमण्डपमा सुरु भएको निर्वाचन प्रचारका क्रममा कार्यकर्ताहरुले फोहोर फ्याक्दा यो सडक फोहोर भएको थियो ।


भृकुटीमण्डपको रत्नराज्य क्याम्पस, विश्वभाषा क्याम्पसवरपरका क्षेत्रको सडक नदेखिने किसिमले पर्चा फ्याकिएको थियो ।
धेरै पैसा खर्च गरेर उम्मेदवारहरुको तस्विर सडकमा फ्याक्दा अपमान भएको महाधिवेशन स्थालमा भेटिएका कमल खड्काले बताए ।
पछिल्लो समय विकशित भएको सोसल मिडियालाईउपभोग गरेर प्रचार गर्न सकेको भए राम्रो हुने भृकुटीमण्डपमा भेटिएका विनोद पन्त बताउछन् ।
। उनी भन्छन्,‘महाधिवेशनको रौनकका कारण यसरी पर्चाको प्रयोग हो ।’

सोमबार साँझबाट भृकुटीमण्डप सडकमा कवाडीमा काम गर्ने कर्मचारीहरुलेयहाँको फोहोरउठाउन थालेका छन् । महाधिवेशनमा सहभागी कार्यकर्ताहरुले कुल्चिरहेको कागजका पर्चाहरु उनीहरुले बोरामा राखेर बिक्रि गर्न लगेका हुन् ।

 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ११ : २४ बजे