१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


बज्रवाराही धार्मिक वन मासेर सडक विस्तार,सरोकारवाला मौन



ललितपुर खबर
१ पुस ०७८, चापागाँउ । स्थानीयबासीहरुको विरोधका बीच गोदावरी नगरपालिकाले बज्रवाराही धार्मिक वन मासेर बाटो विस्तार गरिरहेको छ । बाटो विस्तारका क्रममा साना रुखहरु काटिएका छन् भने ठूला रुखहरुका जरा काटिएको छ ।
नवनिर्मित गोदावरी नगरपालिकाको भवन अगाडि सरकारी जग्गा पर्याप्त रहेको अवस्थामा धार्मिक वन पेलेर नगरपालिकाले सडक विस्तार गरिरहेको हो । मात्रै ५० मिटर सडक विस्तारका लागि नगरपालिकाले झण्डै १ करोड (करिव ८५ लाख) लगानीमा यो धार्मिक वन पेलेर सडक विस्तार गरिरहेको छ ।


एक स्थानीयले नाम नबताउने शर्तमा स्क स्थानीयले ठूला रुखहरु पनि काटिएको दावी गरे । उनले भने , ‘नपत्याए रुख काटेको त्यही छ हेर्नुस् ।’ उनका अनुसार साना रुखहरु पछि बाटो बनाउने क्रममा सबैको जरा खोतलिएको र जरा काटिएको छ । उनले भने,‘केही समयपछि त्याहाका रुखहरु मर्छन् ।’ उनले भन,े ‘सम्पदा क्षेत्रमा यसरी बाटो बनाउन पाइदैन । सम्पदा जोगाउन भन्दै नीजि घरहरु भएका क्षेत्रमा बाटो नबनाउने अनि नगरपालिकाले नै सम्पदा मास्न मिल्छ ।’


स्थानीयबासीले ऐतिहासिक सास्कृतिक धार्मिक वन बज्रवाराहीमा सडक विस्तार नगर्न अनुरोध गर्दै हस्ताक्षरसहितको निवेदन पेश गरेपछि नगरपालिकाले दार्ता गर्न अस्वीकार गरको श्री माई बज्रवाराही धार्मिक वन संरक्षण संर्घष समितीका अध्यक्ष राजेन्द्र देशारले ललितपुर खबरलाई बताए । संर्घष समितीका संयोजक देशारले धार्मिक वन मासेर सडक नबनाउऔं भनेर निर्माणमा जाँदा विकाश विरोधी भन्दै डर धम्की देखाइएको र कुटाकुटको स्थिती आएको बताए । उनले भने, ‘हाम्रो यो जंगलको पात समेत घर लैजानु हुँदैन भनेर हामीले यतिका बर्ष जोगायौं । स्थानीयबासीहरु नै नजागेपछि अव केही नलाग्ने जस्तो छ ।’
स्थानीयबासीले राजेन्द्र देशारको संयोजकत्वमा श्री माई बज्रवाराही धार्मिक वन संरक्षण संर्घष समिती गठन गरेर विरोध जनाइरहे पनि नगरपालिकाले जंगल मास्ने काम नरोकेको उनको भनाई छ ।


वज्रवाराही जंगलको पात समेत घर लगे अनिष्ट हुने बज्रवाराही मन्दिरका पुजारी समेत रहेका वासुदेव कर्माचार्य बताउछन् । उनका अनुसार यहाँको रुख काट्दा अनिष्टि हुने मान्यता रहेको छ । उनका अनुसार बज्रवाराही जंगल हुँदै मरष्ठी जात्राको खट लैजाने गरिन्छ । बाटो विस्तारका क्रममा बनाइएको पर्खालले खट विसाउने ठाँउ समेत मिचिएको भन्दै स्थानीयबासीले विरोध गरेरहेका छन् ।


यहाँका रुख बुलु गाँउका बासिन्दाले मृत्युपछि सत्गत् गर्दा रुख काट्ने प्रचलन रहेको भएपनि जंगल मासिदै गएको भन्दै सुकेको रुख प्रयोग गर्न अनुरोध गरेपछि ज्योतिदय संघले नै मरेको रुख काटेर जम्मा गरेको सुकेको दाउरा प्रयोग गर्ने गरेको स्थानीय रमेश महर्जनले बताए । उनले भने, ‘हामी धार्मिक बन जोगाउन चलेको चलन समेत रोक्न तयार भयौं । तर अहिले सार्वजनिक जमिन हुँदा हुँदै धार्मिक बन मासेर सडक बनाइदै छ ।’


सडक विस्तारका लागि नगरपालिकासँग आवश्यक सार्वजनिक जग्गा हुँदा हुँदै जंगल धार्मिक वन मास्न नहुँने स्थानीयबासीले बताइरहेका छन् ।
सडक विस्तारका लागि सहमती दिएको संस्था ज्योतिदय संघले सडक मापदण्ड अनुसार सडक विस्तार गरिएको संघका अध्यक्ष नारायण देशारले तर्क गरे । तर सँगै सडक विभागले विस्तार गरिरहेको जंगलपरिसरमा रहेको सडक भने जंगल नमासी सार्वजनिक जग्गामा बनाइरहेको छ ।
सम्पदा क्षेत्र रहेको वज्रवाराही वन धार्मिक वरपर र संस्कृतिसँग जोडिएका सम्पदा समेत रहेकाले यो सम्पदा क्षेत्र समेत रहेका बताउछन् । निर्माण भएको १ सय वर्षपछि स्वतस्सम्पदा क्षेत्र मानिने हुँदा पुरातात्विक दृष्टिकोणबाट जंगल मास्नु गलत रहेको उनी बताउछन् ।
जिल्ला वन कार्यालयले वन जोगाउनुको सट्टा स्थानीयबासीलाई बोलाएर बज्रवाराही धार्मिक वन स्थानीय निकायले हेर्ने नगरपालिकालाई देखाएको देशार बताउछन् ।
सरकारी निकायको सहयोग नपाएपछि आफूहरु सार्वजनिक सुनुवाई गर्ने तयारीमा रहेको उनको भनाई छ ।
ज्योतिदय संघका अध्यक्ष नारायण देशारका अनुसार जिल्ला वन कार्यालयबाट बाटो बनाउने क्रममा कुनै लिखित अनुमती लिइएको छैन । उनले भने, ‘हामीले मौखिक सहमती लिएका छौं । उनले ठूला रुखहरु नकाटिएको उनले दावी गरे । भने साना रुखहरु भने काटिएका छन् ।’

जिल्ला वन कार्यालय ललितपुरका प्रमुख कृष्णराज न्यौपानेले बज्रवाराही धर्मिक वन व्यवस्थापन समितीलाई चिठी लेखेर वन संरक्षणका लागि अनुरोध गरिएको बताए । उनले भने,‘हामीले धार्मिक वनलाई जिम्मा लगाई सकेको हुनाले वनको संरक्षण गर्ने पहिलो कर्तव्य धार्मिक वनको हो । डोजर लागाइकाले हामीले त्यो रोकेका छौं ।’ भने, ‘रुखहरु काटिएको र जराहरु निकालिएको सम्बन्धमा हामी अनुगमन गरेर कारवाही गर्छौ ।’
डिएफओ न्यौपानेका अनुसार जिल्ला वन कार्यालयले धार्मिक वन जिम्मा लगाइसेको छ ।
केही वर्षअघि पशुपतिनाथ मन्दिरसँग जोडिएको वनकाली(श्लेशमान्तक) वनमा सडक विस्तारपछि विश्व सम्पदा सूचिबाट हटाउने चेतावनीपछि सडक बन्द गरिएको थियो । यस क्षेत्रमा सडकविस्तारपछि संस्कृतीविदहरुले लामो समयसम्म विरोधका कार्यक्रम गरेका थिए ।
विकाश देख्न नचाहनेहरुले विरोध गरिरहेको गोदावरी नगरपालिकाका मेयर महर्जनले ललितपुर खबरलाई बताए । उनले भने, ‘हामी दुवैतिर बाटो बढाउछौं । नगरपालिका अगाडि बाटो ठूलो चाहिन्छ ।’

धार्मिक ऐतिहासिक साँस्कृतिक सम्पदा बज्रवाराही वन क्षेत्रमा सडक विस्तार हुँदा सम्पदाप्रेमीहरु बोलिरहेका छैनन् । सडक वरपर घर भएका स्थानीयहरु घर जोगाउन सम्पदाको रक्षा गर्ने भन्दै सडकमा उत्रने तर वन मासेर सडक बनाउदा कोही नबोल्ने भन्दै केही स्थानीयबासीहरु विरोध गरिरहेका छन् ।
एक स्थानीयले नगरपालिकाले बज्रवाराही बन अतिक्रमणका धेरै योजना बनाइरहेको दावी गरे । उनले भने, छलफलका क्रममा बनभित्र बस्ने ठाँउ निर्माण गर्ने र अन्य ठाँउ समेत अतिक्रमण गरेर सडक विस्तार गर्ने योजना बनिरहेको छ ।
केही समयअघि बज्रवाराही बनमा निर्माण गरिएको जीपलाइन धार्मिक वनमा राख्न नहुने भन्दै हटाउन लगाइएको थियो तर वनभित्र व्यायामशाला भने निर्माण गरेर सञ्चालनमा ल्याइएको थियो ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  २ : ३९ बजे