९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


एमाले ललितपुरको आठौं महाधिवेशनमा क्लस्टर विवाद



२४ पुस ०७८, ललितपुर । ललितपुर एमालेको २ सय ८३ जनाको जम्बो कार्यसमिती घटाएर १ सय २० जनामा ल्याउन नसक्दा विवाद उत्पन्न्न भएपछि शनिबार बन्दसत्र स्थगित भएकोे छ । शनिबार ७ बजे बस्ने भनिएको बन्द सत्र ढिलो गरि दिउँसो १ बजे बसेको थियो । स्थगित बन्दसत्र आइतबार १० बजे बस्ने भएको छ ।
बन्दसत्रमा पार्टी जिल्ला अध्यक्ष हरिकृष्ण व्यंजनकारले पार्टीको राजनीतिक सांगठनिक प्रस्ताव पेश गरेका थिए ।
५ जना पदाधिकारीबाहेक १ सय १५ जना सदस्य रहने कार्यसमितीका लागि बन्द सत्रमा विवाद भएको एक प्रतिनिधिले बताए । उनका अनुसार क्लस्टर अनुसार सबै स्थानीय तह, महिला,दलित, जनजाति, अल्पसंख्यकबाट प्रतिनिधित्व गरेर कार्यसमिती बनाउनु पर्नेमा विवाद पछि शनिबारको बन्दसत्र आइतबार १० बजेसम्मका लागि स्थाथित भएको हो ।
बन्दसत्रमा सहभागी एक प्रतिनिधिले क्लष्टर विवाद समाधान भएपछि आइतबार नै निर्वाचन प्रकृया सुरु हुने बताए । उनले भने, अव भोलि नै नेतृत्वका लागि निर्वाचन हुन्छ ।
नयाँ संविधान अनुसार क्लष्टर अनुसार कार्यसमिती विभाजन गर्नु पर्ने बाध्यता रहेका कारण पनि यो विवाद उत्पान्न भएको हो ।
बन्द सत्रमा पोलितव्युरो सदस्य सुशीला नेपालले १ सय १२७ जनाको नाम प्रस्ताव गरेकोमा घटाएर १ सय १५ जनामा ल्याउन नसकेपछि यो विवाद चर्केको हो ।
विवाद मिलाउन कठिन भएपछि पोटिलव्युरो सदस्य नेपालले नेकपा केन्द्रबाट पार्टीमा आएका प्रतिनिधिहरुलाई कार्यसमितीमा अहिले नसमेट्ने र पार्टी एकता अनुसार पछि मिलान गर्ने प्रस्ताव राखेकी थिइन् ।
बन्द सत्रमा सहभागी प्रतिनिधिले जिल्ला कमिटिको सदस्य संख्या र क्लस्टरमा अपुग भएको भन्दै असन्तुष्टि जनाउँदै हल छोडेर बाहिरिने घुर्की लगाएपछि पोलिटव्युरो सदस्य नेपाल आक्रोशित हुँदै हल छोडेर गए केही फरक नपर्ने नयाँ व्यवस्था अनुसार मिलउनै पर्ने बताएपछि ती विरोधमा उत्रने प्रतिनिधि मौन बसेका थिए ।
जम्बो कमिटीमा सहभागी सदस्यहरु नियमित पार्टीको बैठकमा सहभागी नहुने पद मात्रै ओगट्ने तर अहिले घुर्की लाउने भन्दै नेपाल पोडिएमबाट आक्रोस पोखेकी थिइन् ।
नेपालले अनुशासन नतोड्न आग्रह गर्दै महिला, दलीत, जनजातीलगायतबाट कमिटीमा सहभागी हुन सक्ने बताएकी थिइन् । नेपालले सही व्यक्तीलाई सही ठाँउमा ल्याउने प्रयत्न भइरहेको बताएकी थिइन् ।
ललितपुर एमाले सचिव पुरुषोत्तम आचार्य, प्रदेश सासंद चेतनाथ सञ्जेल,पुर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल र जिल्ला पार्टीका सहसंयोजक प्रेमभक्त महर्जन एमाले ललितपुरको अध्यक्षका लागि दौडधुप गरिरहेका छन् ।
पछिल्लो समय ललितपुर एमाले सचिव पुरुषोत्तम आचार्य, प्रदेश सासंद चेतनाथ सञ्जेलका पक्षमा अधिकाशं अधिवेशन प्रतिनिधि खुलेर लागेपछि अध्यक्ष पदका लागि यी दुई नेताहरुबीच अन्तिम प्रतिश्पर्धा हुने अवस्था छ ।

 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ११ : ५२ बजे