१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


गोदावरी खोला सफाई अभियान अव टोल टोलमा सञ्चालन हुने



२५ पुस ०७८, गोदावरी । गोदावरी खोला सरसफाई अभियानले अव टोल टोलमा सरसफाई अभियान सुरु गर्ने भएको छ ।


ललितपुरको गोदावरीमा गोदावरी खोला सरसफाई १ सय ५० औं हप्ता पुगेका अवसरमा आयोजित विशेष कार्यक्रममा अभियानकी अभियान्ता बेबी राजभण्डरीले अव टोल टोल सरसफाई कार्यक्रम सुरु गर्ने घोषणा गरेकी हुन् ।
वागमती सरसफाई अभियानका अभियान्ता तथा पुर्वराजदुत एवं पुर्वमुख्य सचिव लिलामणी पौडेलले गोदावरी नगरलगायतको सहयोग पाएर गोदावरी खोला सरसफाई कार्यक्रम सफल भएको बताए । उनले भने,‘हामी अभियन्ताले राजनीतिक दलको चाही सहयोग पाएनौं । उनीहरुले हाम्रो अभियानलाई सहयोग गर्नुको साटो खिसिट्युरी गरेका छन् ।’ अभियन्ता पौडेलले आउँदो निर्वाचनमा अभियानलाई खिसि गर्नेहरुलाई देखाइदिने बताए ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले नगरपालिका सरसफाई अभियानलाई सधै सहयोग गरेको र आउँदा दिनमा सहयोग गर्न तयार रहेको बताए । उनले भने,‘यो काम हाम्रो हो । अभियन्ताले हामीलाई सधाइरहेका छन् ।’
नगरकी उपमेयर मुना अधिकारीले खोला किनारमा नगरभन्दा बाहिरबाट आएर बंगुर कुखुरा र हाँस लगायत पालेर फोहोर गरिरहेको बताइन् । उनले भनिन्, ‘हामीले सूचना निकालेर हटाउन अनुरोध गरेका छौं । नहटाए कारवाही गछौं ।’
शहरी विकाशमन्त्री रामकुमारी झाक्रिले खोला किनारमा विभिन्न संघ संस्था र धर्मका नाममा भएका अतिक्रमण हटाएरै छोड्ने उद्घोष गरिन् । उनले भनिन्, ‘खोलामा मिसिने ढल प्रशोधन गर्न धेरै बजेट र ठाँउ चाहिन्छ । हामी कम खर्च र ठाँउमा कसरी ढल प्रशोधन गर्न सकिन्छ भनेर अनुसन्धान गरिहेका छौं । ’
पुर्व सासंद उदयशम्सेर राणाले संसारभरी नदि नालाहरु mmोहोर भइरहेको अहिलेको अवस्थामा धेरै देशले नदि सफाईमा ठुलो धनराशी खर्च गरिरहेको बताउदै नेपालमा अभियानको भरमा सरसफाई भइरहेकोमा अव स्थानीय सरकारले यो कामको जिम्मा लिन सुझाव दिए । उनले भने, ‘यो काम स्थानीय सरकारको हो । अव मेयर गजेन्द्र महर्जनले यो कामको थालनी गर्नुपर्छ ।’
कार्यक्रम अघि विभिन्न नदि सरसफाई अभियानका अभियान्तालाई सम्मान गरिुएको थियो भने मुहान क्षेत्र सरसफाई गरिएको थियो ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १० : ४७ बजे