१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरका नेता रामकृष्णद्वारा काँग्रेस परित्याग



 

 

 

एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने समयमा भाषण गर्दै हुमागाई । भिडियो : ललितपुर खबर

२६ पुस ०७८,ललितपुर । ललितपुरको नेता रामकृष्ण हुमागाईले नेपाली काँग्रेस परित्याग गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर नेपाली काँग्रेस परित्याग गरेको घोषणा गरेका हुन् ।


उनी २ वर्ष अधि ललितपुरको लगनखेलमा आयोजित कार्यक्रममा काँग्रेस सभापति शेर बहादुर देउवाको हातबाट टिका लगाएर पार्टी प्रवेश गरेका थिए ।
करिव ४० वर्ष कम्युनिष्ट राजनीतिमा रहेका हुमागाई पार्टि एकीकरण भएपछि नेकपामा आफू नरहेको बताउदै आएका थिए । गएको निर्वाचनका बेलादेखि नै उनी नेकपा एमालेसँग असन्तुष्ट रहेका थिए ।
एक सार्वजनिक कार्यक्रमै उनले आफूलाई प्रदेश सासंदको टिकट दिने पक्का भएको तर चलखेल गरेर अरुलाई नै दिएको भन्दै असन्तुष्टि जनाएका थिए ।
नेपाली काँग्रेस प्रवेशपछि उनी नेकपा एमालेको कार्यशैलीप्रति तीब्र असन्तुष्टि पोख्दै आएका थिए ।
ललितपुर खबरसँगको कुराकानीका क्रममा हुमागाईले आफूले नेपाली काँग्रेसमा बसेर राजनीतिमा सक्रिय नहुने निर्णय गरेका बताए । उनले भने, ‘बाहिरबाट आएका मान्छेलाई विश्वास नगर्ने, पहिले क वर्गका नेताहरु सेटलमेन्ट नगरि हाम्रो पालो नपाउने र अरुको कमाई खान ढुके बसेजस्तो शरणार्थी बन्नु पर्ने भएपछि खुशीले नै पार्टी छोडेको बताए ।
हुमागाईले तत्काल कही कतै पार्टीमा प्रवेश गर्ने सोचाई नरहेको उनले बताए । उनले भने, ‘लामो समय सोचेर मात्रै राजनीतिमा सक्रिय हुने होे । प्रसंगबश उनले भने, फेरि एमालेमै प्रवेश नगर्ने नै भन्नै चाही होइन राजनीतिमा असम्भव भन्ने चीज केही हुँदैन ।’
हुमागाई काङ्ग्रेसको १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधी तथा जिल्ला सचिवको आकांक्षा राखेको थिए । तर जिल्ला तहका नेताहरुले तयारी गरे पनि सहयोग भने पाएका थिएनन् ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ९ : २२ बजे