२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


खाडीचौरका विकासको शव दुवईमा अलपत्र, शव ल्याउन आर्थिक सहयोग खोज्दैै परिवार



२ माघ ०७८, काठमाडौं ।  संयुक्त अरब इमिरेट्सको अलबसामा अलपत्र अवस्थामा रहेको आफ्नो छोराको शव नेपाल ल्याउनका लागि आर्थिक सहयोग गरिदिन सिन्धुपाल्चोक खाडीचौरका भुजेल दम्पत्तीले आग्रह गरेका छन् ।
सिन्धुपाल्चोक खाडीचौरका स्थायी बासिनद्या रही काठमाडौंको काँडाघारीमा अस्थायी रुपमा बसोबार गर्दै आएका श्याम बहादुर भुजेल र उनकी श्रीमती बुद्धीमाया भुजेलले छोराको शव ल्याउन आर्थिक अवस्थाले नभ्याउने भन्दै सहयोगका लागि अपील गरेका हुन् ।
गत भदौ अन्तिममा छोरा विकास भुजेल बलजफ्ती पर्यटक भिसाबाट संयुक्त अरब इमिरेट् पुगेको मृतककी आमा बेद्धीमायाले बताइन् । अलग भिसामा गएको छोरा काम गर्न थालेको र दशैंसम्म सम्पर्कमा रहेको भए पनि त्यस पछि सम्पर्क विहीन भएको उनले बताइन् ।
रोजगारी भिसामा गएको अवस्थामा मृतकको शव नेपाल ल्याउन समस्या नहुने भए पनि पर्यटक भिसामा दुवई पुगेर काम गर्न थालेका कारण उनको शव ल्याउन झण्डै ३ लाख रुपैंया खर्च लाग्ने र उक्त रकम आफुहरुसँग नभएको मृतक विकासका बावु श्याम बहादुर भुजेलले बताए ।
“छोराले धेरै करकर गरेर कता के मिलाएर गएको थियो, अहिले शव पनि ल्याउन सकिएन, सहयोगीहरुको साथ पाए कम्तीमा मृत छोराको शव ल्याएर अन्तिम संस्कार गर्ने थियौं,” भुजेलले भने । नेपाल बंगलादेश बैंकको काँडाघारी शाखामा रहेको श्याम बहादुर भुजेलको बैंक खाता नम्बर ०९६००२९३२ डब्ल्यू मा सहयोग रकम जम्मा गरिदिन उनले आग्रह गरेका छन् । साथै सहयोगका लागि आफ्नो सम्पर्क नम्बर ९८८७०८८७४२ मा फोन गर्न पनि उनले आग्रह गरेका छन् ।

मृतक विकास भुजेल

Purge from cache

संयुक्त अबर इमिरेट्सका लागि नेपाली राजदुत कृष्णप्रसाद ढकालले पनि २१ वर्षीय विकास भुजेलको मृत्यु भएको खबर स्थानीय प्रहरीले धेरै पहिले जानकारी गराए पनि बल्ल परिवारसँग सम्पर्कमा पुगिएको पुष्टि गरेका छन् । पर्यटक भिसामा आएका उनको शव ल्याउन व्यक्तिगत रुपमा आफुले सघाउने पनि उनले प्रतिबद्धता जनाएका छन् ।
संयुक्त अरब इमिरेट्समा वेद अर्याल तथा अन्य सहयोगीहरुले भुजेलको शव नेपाल पठाउनका लागि समन्वय गरिरहेका छन् । त्यहाँबाट आर्थिक सहयोग गर्न चाहनेहरुले अर्याललाई सम्पर्क गर्न सक्ने परिवारले जनाएको छ ।
गत भदौमा पर्यटक भिसामा दुबई पुगेका भुजेलको दशैं लगत्तै मृत्यु भएको थियो । छोराको मृत्यु भएको खबर भुजेल दपत्तीले गत साता मात्र पाएका थिए । उनीहरुले रोजगारीका लागि विदेश जान चाहने जो कोहीलाई पनि आफ्नो छोराको जस्तो अवस्था नआओस भन्दै अनिवार्य रुपमा श्रम स्वीकृति लिएर मात्र विदेश जान आग्रह गरेका छन् ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  २ : ४७ बजे