१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दियो, एक युवकको मृत्यु, चालक घाइते



फाइल तस्विर

२ माघ ०७८, काठमाडौं । काठमाडौंको कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा या त्रा गरिरहेका एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १४ कलंकीमा बा.६ ख १४५९ नम्बरको बसले प्र.०२– ०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार काठमाडौं मनमैजु बस्ने रुकुम बुढाउत्तर गाउँपालिका १० घर भएका २१ वर्षीय संगित बुढामगरको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको यसै अस्पतालमा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेका बताएकोे छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ८ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।