४ माघ ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा ५ हजार ५४९ जना कोरोना संक्रमित थपिएका छन्। मंगलबार एन्टिजेन र पीसीआर विधिबाट गरिएको परीक्षणबाट उपत्यकाका ३ जिल्लामा मंगलबार थप ५ हजार ५४९ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार देशभर १० हजार २५८ जना कोरोना संक्रमित थपिएकोमा आधाभन्दा बढी उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपु र भक्तपुर)का छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा सबैभन्दा बढी काठमाडौं जिल्लामा ४ हजार ४ जना संक्रमित थपिएका छन्। यस्तै, ललितपुरमा ९७५ र भक्तपुर जिल्लामा ५७० संक्रमित थपिएका मन्त्रालयले जानकारी दिएको छ।
काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २४ हजार ५७६ पुगेको छ।
प्रतिक्रिया