१९ फाल्गुन २०८०, शनिबार | Sun Mar 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


दक्षिण ललितपुरको घुसेलमा स्वास्थ्य मापदण्ड विपरित व्याडमिन्टन प्रतियोगिता




८ माघ ०७८, ललितपुर ।दक्षिण ललितपुरको घुसेलमा स्वास्थ्य मापदण्ड विपरित वागमती गाँउपालिकाले गाउँपालिकास्तरीय उपाध्यक्ष कप खुला व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । माघ ५ गते बुधबारबाट सुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । कार्यक्रममा २५ जना भन्दा धेरै सहभागीहरुले मास्क नलगाई तस्विर समेत खिचेका छन् ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको मापदण्ड विपरित गाँउपालिकाले नै कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा सहभागीहरुले न्युनतम मास्क समेत लगाएका थिएनन् । कार्यक्रममा स्वयम गाँउपालिकाका अध्यक्ष विरबहादुर लोप्चन र उपाध्यक्ष रञ्जना घिमिरे तिमल्सिना सहभागी थिइन् ।जिल्ला प्रशासन कार्यलयले कार्यक्रम आयोजना हुनुभन्दा एक दिन अघि नै निषेधाज्ञा जारी गरेको जारी गरेको भए पनि कार्यक्रम सुचारु गरिएको हो ।
कार्यालयले जारी गरेको १३ बुदे निषेधाज्ञाको १० नम्बरमा उल्येख भए अनुसार कार्यक्रम गर्नुअघि एक तिहाईको कोरोना परिक्षण गर्नु पर्ने सो समेत गरिएको छैन ।
कार्यक्रममा मास्क नलगाएका प्रतियोगिहरुलाई गाँउपालिकाका अध्यक्ष लोप्चन र उपाध्यक्ष तिमल्सिनाले पुरस्कार वितरण गरेकी छिन् ।


अघिल्लो माहामारी यसै गाँउमा लकडाउनको बेला विवाहका कार्यक्रम आयोजना गर्दा माहामारी तिव्र रुपमा फैलिएर त्रास बढेको थियो । गाँउपालिकाका अध्यक्ष लोप्चन समेत प्युटारमा विवाहको कार्यक्रममा सहभागी भएपछि कोरोना संक्रमित भएका थिए । भने गाँउ भरि नै कोरोना फैलिएको थियो ।
प्रतियोगितामा बागमती गाउँपालिका २ का श्याम लामा र राजेश तुम्सिङले प्रथम स्थान हासिल गरका थिए । वागमती ४ प्युटारका कल्याण लामा र नकुल बस्नेतले द्वित्तीय स्थान हासिल गरको थिए । क्रिषण लामा, दिपाङ्कर तामाङ, विरेन्द्र मगर र उपेन्द्र स्याङ्तानले तृतीय स्थान हासिल गरे। श्याम लामा म्यान अफ द म्याच घोषित हुन सफल भए। प्रथम हुने खेलाडीले ३० हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्र प्राप्त गरे। द्वितीय हुने खेलाडीले २० हजार रुपैयाँ सहित प्रमाणपत्र र मेडल प्राप्त गरे भने तृतीय हुने खेलाडीले १० हजार रुपैयाँ सहित प्रमाणपत्र र मेडल प्राप्त गरे।

गाँउपालिकाका प्रेस संयोजक दिपक घिमिरे समिरले कार्यक्रम मापदण्ड अनुसार नै आयोजना गरिएको दावी गरे । उनले भने, कार्यक्रममा तस्विर खिचाउने बेलामा मात्रै सहभागीले मास्क फुकालेका हुन् । कार्यक्रममा २५ जना भन्दा कम मात्रै सहभागी थिए ।
यद्यपी कार्यक्रममा २५ जना भन्दा धेरै सहभागीसँग तस्विर खिचाइएको देख्न सकिन्छ ।

संयोजक घिमिरेले महाँकाल गाँउपालिकामा सयौं सहभागी भएर कार्यक्रम गरिएको उदाहरण दिदै भने, ‘हामीले मापदण्ड अनुसार नै कार्यक्रम गरेका छौं ।’

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ९ : ३८ बजे