२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा भेरोसेल खोपको अभाव, बुस्टर डोज नलगाइने




१४ माघ ०७८, काठमाडौं । ललितपुर महानगरपालिकामा भेरोसेल खोपको अभाव भएको छ । नेपाल सरकारबाट भेरोसेल खोप उपलब्ध नभएका कारण माघ १४, १६ र १७ गते ६० वर्षभन्दा माथिका व्यक्तिलाई थप मात्रा खोप (बुस्टर) भेरोसेल लगाउने कार्यक्रम स्थगित गरिएको ललितपुर महानगरपालिकाले सूचना प्रकाशित गरेर जानकारी दिएको छ ।
‘६० बर्ष भन्दा माथिका व्यक्तिहरुलाई थप मात्रा खोप (वुस्टर) लगाउने गरी कार्यक्रम तय भई सूचना सार्वजनिक गरिएकोमा नेपाल सरकार वाट भेरोशिल खोप उपलब्ध नभएका कारण बाध्यतावश वुस्टर डोजको रुपमा भेरोशिल खोप लगाउने कार्यकम हाललाई स्थगित गरी कोभिशिल्ड खोप मात्र लगाईने व्यहोरा जानकारीका लागी अनुरोध छ’ महानगरले जारी गरेको सूचनामा भनिएको छ ।
दोस्रो मात्रा खोप लगाएको ६ महिना पुगेका ६० वर्षमाथिका व्यक्तिलाई कोभिशिल्डको बुस्टर डोज भने दिइने महानगरपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ५ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।