१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा शीतला एकादशी मनाइँदै, माधव नारायणका व्रतालुले गरे नगर परिक्रमा



१४ माघ ०७८, भक्तपुर । भक्तपुरकाे हनुमानघाटस्थित पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने माधव नारायण मेलामा व्रतालुहरु बाटोमा पल्टिमार्दै नगर परिक्रमा गर्छन् । यसैक्रममा भक्तपुरका टौमढी, गोलमढी, दत्तात्रय लगायतका क्षेत्र हुँदै व्रतालुहरु हनुमानघाट पुगेका हुन् ।

जाडोको बेलामा धाेती एउटा बेरेर नाङ्गाे शरीरमै गर्नुपर्ने यो विधि कठोर मानिन्छ । पुरुष व्रतालुलाई जाडोमा राहत मिलोस् भनेर ठाउँ–ठाउँमा आगो बालेर स्थानीयबासीले सघाएका थिए ।

भक्तपुरको हनुमानघाट प्रसिद्ध तीर्थस्थल हो । यहाँ वर्षेनी साँखुको शालीनदीमा जस्तै माधव नारायण मेला लाग्छ । नेपाल संवत् ७२२ देखि प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माघ धलं (माधव नारायण)को व्रत चलिआएको स्थानीयहरु बताउँछन् ।

त्यही एक महिने अबधिमा माघ शुक्लपक्षको एकादशीका दिन पुरुष ब्रतालुहरुले तौमढीस्थित तिलमाधव नारायण दर्शन गरी सो स्थानदेखि बाटोमा गुल्टिंदै र शंख फुक्दै हनुमानघाटको त्रिवेणीसम्म पुगेर जलासयमा बस्ने प्रचलन रहेकाे छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १ : १६ बजे