९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंबाट लगिएको एक केजी सुन पोखरामा बरामद




१६ माघ ०७८, काठमाडौँ । काठमाडौंबाट लगिएको एक केजी अवैध सुन पोखरामा बरामद भएको छ। उक्त सुन बोकेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका–३० पावर हाउस चोकबाट करिब १ किलो बराबरको बिस्कुट आकारको सुन जस्तो देखिने धातुसहित पोखरा महानगरपालिका–१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनारलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख २९६९ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुनारलाई उक्त परिमाणको सुनसहित पक्राउ गरिएको हो।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ३ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।