१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका विद्यार्थीलाई बिहीबारबाट फाइजरको दोस्रो डोज दिइदै




१८ माघ ०७८, ललितपुर । ललितपुर महानगरपालिका क्षेत्रका विद्यार्थीले बिहीबारबाट कोभिड–१८विरुद्धको फाइजर खोपको दोस्रो डोज लगाउन पाउने भएका छन् । यसअघि फाइजरको पहिलो डोज लगाएका १२ देखि १७ वर्ष उमेरकासम्म विद्यार्थीलाई २० माघदेखि २५ माघसम्म दोस्रो डोज दिइन लागिएको हो ।
खोप अभियान बिहान १० बजे देखि ४ बजेसम्म विद्यालय खोप केन्द्रमा चल्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए ।
उनका अनुसार २७ पुसमा फाइजर लगाएकालाई २० माघमा वडा नम्बर १ देखि ४ गतेसम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ ।
२८ पुसमा खोप लगाएकालाई २१ माघमा वडा नम्बर ५ देखि ८ सम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ । २९ पुसमा खोप लगाएकालाई २३ माघमा वडा न ९ देखि १४ र १५ का केही विद्यालयमा खोप केन्द्र तोकिएको छ ।
३० पुसमा खोप लगाएकालाई २४ गते माघमा वडा नम्बर १५ का बाँकी विद्यालय र वडा नम्बर १६ देखि २१ सम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ । २ माघमा खोप लगाएकाको हकमा महानगरपालिकाले २५ माघमा वडा नम्बर २२ देखि २९ सम्मका विद्यालयमा खोप केन्द्र तोकेको छ ।

 

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ९ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।