११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको पुल्चोकमा अनेरास्ववियुले सरकारका प्रवक्ता कार्कीलाई देखायो कालो झण्डा



१८ माघ ०७८, ललितपुर । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले ललितपुरको पुल्चोकमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कालो झन्डा देखाएको छ ।
‘संविधानबमोजिम समयमै स्थानीय तहको चुनाव घोषणा गर्न’ माग गर्दै अनेरास्ववियुले आन्दोलन थालेको हो। सोही कार्यक्रमअन्तर्गत अनेरास्ववियुका नेतारकार्यकर्ताले आज बिहान सञ्चारमन्त्रीको निवासअगाडि कालो झन्डा देखाएर विरोध प्रदर्शन गरेका हुन्। वर्तमान सरकार स्थानीय तहलाई जनप्रतिनिधिबिहीन बनाउने खेलमा लागेको आरोपसहित अनेरास्ववियु आन्दोलित छ ।

सत्ता गठबन्धनले स्थानीय तहसहित तीनै तहको चनाव आउँदो कात्तिक–मंसिरमा गर्ने गरी छलफल गरेको थियो । तर सहमति नजुटेपछि आउँदो जेठमै चुनाव गर्ने तयारी सरकारले गरिरहेको छ ।

तस्बिरहरू : नारायण घर्तीको फेसबुकबाट

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  १२ : ३६ बजे