१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको इमाडोलबाट मूर्ति चोरी मुद्दामा २ वर्ष कैद फैसला भएपछि मगर पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

१९ माघ ०७८, काठमाडौं । चोरी मुद्दाका फरार प्रतिवादी ललितपुर ईमाडोल बस्ने रामेछाप दोरम्बा गाउँपालिका ४ पासिवान घर भएका ५८ वर्षीय मान बहादुर मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अन्ुसार जिल्ला अदालत ललितपुरको २०७४ बैशाख २५ गतेको आदेशले पुरात्वातिक मूर्ति चोरी मुद्दामा २ वर्ष कैद सजाय तोकिएका मगरको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ललितपुर ईमाडोलबाट फेला पारी पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर बुझाइएको उक्त महाशाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ५ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।