
ललितपुर खबर
१९ माघ ०७८, चापागाँउ । दक्षिण ललितपुरको सदरमुकामको रुपमा चिनिने चापागाँउमा बुधबार साँझ युवा संघ ललितपुरले मसाल जुलुस निकालेको छ ।
भर्खरै शेरबहादुर नेतृत्वको सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यबृद्धि, २ अर्व ४० करोड बराबरको कोरोना खोप अनियमितता र स्थानीय निर्वाचन घोषणा गर्न आलटाल गरेको विरोधमा मसाल जुलुस निकालिएको युवा संघ ललितपुरका अध्यक्ष चिन लामाले बताए ।

अहिले मसाल जुलुस देशैभरि निकालिएको सन्दर्भमा गाँउ गाँउसम्म सरकारको विरोधमा मसाल जुलुस निकालिने ललितपुर खबरलाई लामाले बताए ।
चापागाँउको टाहाखेलदेखि प्याङगाँउसम्म जुलुस निकालिएको थियो । जुलुसमा २ सय हराहारीमा युवाहरुको सहभागिता थियो ।









प्रतिक्रिया