२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


चापागाँउमा पेट्रोलियम पर्दाथको मुल्यबृद्धिको विरोधमा मसाल जुलुस




ललितपुर खबर
१९ माघ ०७८, चापागाँउ । दक्षिण ललितपुरको सदरमुकामको रुपमा चिनिने चापागाँउमा बुधबार साँझ युवा संघ ललितपुरले मसाल जुलुस निकालेको छ ।
भर्खरै शेरबहादुर नेतृत्वको सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यबृद्धि, २ अर्व ४० करोड बराबरको कोरोना खोप अनियमितता र स्थानीय निर्वाचन घोषणा गर्न आलटाल गरेको विरोधमा मसाल जुलुस निकालिएको युवा संघ ललितपुरका अध्यक्ष चिन लामाले बताए ।


अहिले मसाल जुलुस देशैभरि निकालिएको सन्दर्भमा गाँउ गाँउसम्म सरकारको विरोधमा मसाल जुलुस निकालिने ललितपुर खबरलाई लामाले बताए ।
चापागाँउको टाहाखेलदेखि प्याङगाँउसम्म जुलुस निकालिएको थियो । जुलुसमा २ सय हराहारीमा युवाहरुको सहभागिता थियो ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ७ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।