१० पुस २०८१, बुधबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेलम्ची बाढीपहिरो पीडितद्वारा दीर्घकालीन आवास र पुनः स्थापनाको माग



सुरक्षित आवासकोे पर्खाइमा याङरी, लार्के बाढी प्रभावित असार १ गतेको बाढीका कारण घरबार बिहिन सिन्धुपाल्चोक बरुवाका बिस्थापित नागरिक अझै टेन्ट र टहरामै बस्न बाध्य छन् । चिसो मौसम कठ्याङ्ग्रिदै कटाएका बाढी प्रभावितहरु सुरक्षित आवाससहित बस्ती स्थानान्तरणको पर्खाइमा छन् । बाढीका कारण विस्थापित पाँचपोखरी थाङपाल–२ बरुवाका स्थानीयहरु सुरक्षित ठाउँमा घर कहिले बनाउन पाईएला भन्ने चिन्तामा छन् । याङरी खोला थुनियर आएको बाढीले तटीय क्षेत्रका सात घर बगाएको थियो भने १३० घर उच्च जोखिममा छ । तस्वीर : देवराज सुवेदी\रासस

१८ माघ ०७८, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका बाढीपहिरो पीडितहरूले दीर्घकालीन आवास र पुनस्थापनाको माग गरेका छन् ।
हेलम्बु बाढीपहिरो पीडित सरोकार समितिले मंगलबार मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशकलाई ६ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको छ । बाढीबाट विस्थापित समुदाय अहिले पनि तटीय क्षेत्रमा बस्नुपरेको कारण विस्थापित परिवारहरूको तत्काल वैकल्पिक व्यवस्था सहित दीर्घकालीन आवास र पुनस्थापनाको व्यवस्था गर्न सरोकार समितिले माग गरेको छ ।
समितिले मेलम्ची खानेपानीको सुरुङको मुहान सफा गर्दा निस्किएका ढुङ्गा, बालुवा, गिट्टी आदि आयोजना आसपास क्षेत्रमा भण्डारण गर्दा पुनः तटीय क्षेत्र उच्च जोखिम रहने भन्दै ती सामग्री सुरक्षित स्थानमा भण्डारण गर्न माग गरेको छ । बाढीले पुरिएको मेलम्ची खानेपानीको मुहान, बाँध लगायका क्षेत्रमा थुप्रिएको गेग्रान सफा गर्न थालिएसँगै बाढीपहिरो पीडित सरोकार समितिले ज्ञापनपत्र बुझाएको हो ।

गत १ असार र १६ साउनमा मेलम्ची नदीमा आएको बाढीपहिरोले ठूलो जनधनको क्षति गरेको थियो ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  १० : ३४ बजे