१० पुस २०८१, बुधबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित टहरा हटाउने



२० माघ ०७८, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित टहरा हटाउने भएको छ । कोष परिसरमा रहेका अव्यवस्थित फलफूल, उपहार पसल, टहरा हटाउने भएको हो ।

एक सार्वजनिक सूचना प्रकाशित गर्दै कोषले विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई स्वच्छ र सुन्दर राख्ने उद्धेश्यले अव्यवस्थित टहरा हटाउन लागिएको जानकारी दिएको हो ।

१५ दिनभित्र खाली गरी हट्न र सामानहरू हटाउनुपर्ने सूचनामा उल्लेख छ । पशुपति क्षेत्रका मूल सडक, सहायक सडकहरूका पेटी, डबलीहरू र खुला चौर, कैलाश डाँडामा रहेका टहरा हटाइने भएको हो ।

त्यस्तै मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुण्डोल क्षेत्रमा रहेका अव्यवस्थित छाप्रा बनाई सञ्चालन भैरहेका फूल, उपहारजन्य पसल हटाउन कोषले सूचना जारी गरेको हो ।

टहराका कारण पशुपति क्षेत्रको सौन्दर्यमा नकारात्मक असर पर्नुका साथै भक्तजन, तीर्थयात्री, पर्यटक र पैदलयात्रीको आवागमनमा समेत अवरोध पुग्न गएको कोषको भनाइ छ ।

हटाइएका पसल टहराहरु कोषले निर्माण गरेका स्थायी संरचनामा गोलाप्रथाबाट छनोट भएकाहरू कोषको सार्वजनिक खरिद महाशाखामा समन्वय गरी तत्काल सामान सारी सञ्चालनको व्यवस्था गरिने पनि जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  १ : ०१ बजे