१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा ठेचोमा भेटियो खाल्डोमा गाडिएको अवस्थामा शव




२० माघ ०७८, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका १२ ठेचोस्थित धापाखेलमा खाल्डो खनेर गाडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । घरको किनारमा खाल्डो खनेर पुरिएको अवस्थामा तेह्रथुमका ६२ वर्षीय मोहन लिम्बुको शव फेला परेको हो । उक्त घर अनिलले मासिक ३० हजार रुपैयाँमा भाडामा लिएका थिए ।
गत माघ १२ र १३ गते मोरङको धनपालथान गाउँपालिका ७ स्थित उखुबारीमा २ जनाको शव फेला परेको थियो । यससँगै एउटै समूहले मोरङमा दुई जना र ललितपुरमा एक जनालाई मारेको निष्कर्ष प्रहरीले निकालेको छ ।
उखुबारीमा शव फेला परेको घटनाको अनुसन्धानका क्रममा काठमाडौंबाट १ जना पक्राउ परेका थिए । पक्राउ परेका व्यक्तिले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपीसहितको टोली काठमाडौं आएको थियो ।
मोरङ प्रहरीको टोली र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले धापाखेलमा एउटा घर पछाडि खाल्डो खनेर गाडिएको अवस्थामा शव फेला पारेको हो ।

मोरङमा फेला परेको शव काठमाडौं बस्दै आएका शम्भु चौधरी र भक्तपुर घर भइ धरान बस्दै आएका ३९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको खुलेको थियो ।
जग्गा कारोबारी उनीहरुबीच समस्या परेपछि हत्या गरिएको अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ । न्युज कारखाना

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  १० : १२ बजे