२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेलम्ची बाढीबाट क्षतिग्रस्त विद्यालयलाई १२ लाख सहयोग



२१ माघ ०७८, मेलाम्ची । गत असार १ गते र त्यसपछिका दिनमा आएको बाढीका कारण भौतिक संरचनामा आंशिक क्षति भई उच्च जोखिममा रहेको मेलम्ची नगरपालिका ६ स्थित श्री तेर्से माध्यमिक विद्यालयलाई अत्याधुनिक प्रविधियुक्त फिल्टरसहितको शुद्ध पिउने पानी व्यवस्थापन गरेर विद्यालयको भौतिक पुनःव्यवस्थापनका निम्ति रु १२ लाख २५ हजार सहयोग रकम हस्तान्तरण गरिएको छ । े
मेलम्ची ४ थकनी निवासी हाल इटालीमा बस्दै आएका रवीन्द्र अर्यालको संयोजनमा गरिमा भोयज ट्राभल एण्ड टुर्स प्रालि र न्यूभिजन नेपालमार्फत उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल एवं मेलम्ची ६ का वडाध्यक्ष जीतराज थापा र न्यूभिजन नेपालका अध्यक्ष अशोक शर्माको आतिथ्यतामा विद्यालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच बिहीबार सहयोग हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्व सामाजिक विकासमन्त्री दुलालले बाढीपश्चात तत्काल संरक्षणका लागि विद्यालयले गरेको प्रयासको प्रशंसा गर्दै बाढीग्रस्त क्षेत्रको पुनःनिर्माणका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वय गरी ठोसरूपमा गराउन आफू निरन्तर लागिपरेको बताए । विद्यालयका पूर्वप्रधानाध्यापक वडाध्यक्ष थापाले सहयोगीप्रति धन्यावाद दिएको थियो भने विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद ढुङ्गानाले विद्यालयको संरक्षण र पुनःव्यवस्थापनमा सहयोगको उच्च प्रशंसा गर्दै सहयोगलाई उचित सदुपयोग गर्दै पारदर्शी र मितव्ययी ढङ्गबाट परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १० : ३५ बजे