९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सिन्धुलीमा लागूऔषधसहित सामाखुसीका ३७ वर्षीय युट्युबर पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

२१ माघ ०७८, सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ को खुर्कोटमा लागूऔषधसहित युट्युबर पक्राउ परेका छन् । बर्दिवासबाट काभ्रेपलाञ्चोकको धुलिखेलतर्फ जाँदै गरेका काठमाडौं महानगरपालिका २६ सामाखुसीका ३७ वर्षीय चेतन कार्कीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
कार्कीले चलाएको चेतनभ्लग आवरणको ०१–००३ क ९१८२ नम्बरको मिनी ट्रक जाँच गर्दा लागूऔषध फेला परेको थियो ।

कार्कीले लगाएको ट्र्याकसुटको दाहिने खल्तीबाट खैरो हेरोइन ४ दशमलव १३० ग्राम बरामद भएको प्रहरी प्रवक्ता एवं डीएसपी मनोजकुमार लामाले जानकारी दिए ।

जाँचका क्रममा गाडीभित्र राखेको गीतारको कभरमा लुकाएर राखेको ६ दशमलव ९३० ग्राम गाँजासमेत प्रहरीले फेला पारेको छ । युट्युबर कार्कीलाई लागूऔषध मुद्दामा शुक्रबार सिन्धुली अदालतबाट ७ दिनको म्याद थपी अनुसन्धान थालिएको डीएसपी लामाले बताए ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ८ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।