९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरका नेता रामकृष्ण हुमागाँई फरि एमालेमा



एमाले ललितपुर अध्यक्ष पुरुषोत्तम आचार्यको फेसबुकबाट

ललितपुर खबर
२२ माघ ०७८, ललितपुर । ललितपुरका नेता रामकृष्ण हुमागाई फेरि एमालेमा फर्किएका छन् । शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वालकोटमा भेटघाटपछि उनी एमाले पार्टीमा फर्कन राजी भएका हुन् ।
एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले हुमकागाईसँग सघन वार्तापछि उनी एमालेमा फर्कन तयार भएको बताए । उनले भने, ‘हामी उहाँलाई पार्टीकै महत्वपूर्ण जिम्मेवारी दिदैछौं ।’
ग्त निर्वाचनको बेला प्रदेश सासंदको उम्मेदवारी दिने लगभग पक्का भएको अवस्थामाा उनले टिकट नपाउदा उनस् असन्तुष्ट बनेका थिए । तत्कालीन समयमा एकीकृत माओवादीसँग पार्टी एकता हुँदा उनले कुनै जिम्मेवारी नपाएपछि असन्तुष्ट हुँदै नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
नेपाली काँग्रेसको जिल्ला अधिवेशनमा उनी आन्तरिक प्रतिश्पर्धा प्राथमिकतामा नपर्दा निराश थिए । केही समयअघि उनले सामाजिक सञ्जालमा लेख्दै पार्टीमा नरहेको घोषणा गरेका थिए ।

भर्खरै नेता हुमागाँईसँग गरिएको छलफलको सम्पादित अंश :

वालकोटमा राती अवेरसम्म भएको छलफलमा संघीय सासंद नवराज सिलवाल,जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य,केन्द्रिय सदस्य हरिकृष्ण व्यञ्जनकार,स्थायी कमिटी सदस्य सुशीला नेपाललगायत सहभागी थिए ।

बुखेल गाविसको पुर्ब अध्यक्ष, नेकपा एमालेको क्षेत्रीय कमिटी अध्यक्ष र जिल्ला कमिटी सदस्य समेत भैसकेका हुमागाई ईमानदार नेताको रुपमा चिनिन्छन् ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ७ : ०७ बजे