१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मकवानपुरमा घरेलु हिंसा बढ्दै




२२ माघ ०७८, मकवानपुर । मकवानपुर जिल्लामा घरेलु हिंसाका घटना बढ्दै गएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय हेटाँैडाका अनुसार चालु आर्थिक वर्षको पहिलो छ महिनामा २२२ घरेलु हिंसासम्बन्धी उजुरी परेको छ । गत आर्थिक वर्षमा घरेलु हिंसासम्बन्धी २७६ वटा उजुरी परेको थियो । चालु आर्थिक वर्षमा परेको उजुरीमध्ये सबैभन्दा बढी जबर्जस्ती करणीका २३ वटा छन् । गत जबर्जस्ती करणीका ५८ उजुरी परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा महिला सेल प्रमुख चुडाकुमारी खड्काले जानकारी दिएका छन् ।
उनका अनुसार चालु आर्थिक वर्षमा मानव बेचबिखन सम्बन्धी एउटा उजुरी परेकोमा गत वर्ष एउटा पनि उजुरी परेको छैन् । त्यस्तै चालु आर्थिक वर्षको पहिलो छ महिनामा बहुविवाहसम्बन्धी चार र बाल यौनदुव्र्यहारको तीन उजुरी परेको उनले बताएका छन् । गत आवमा बोक्सीको आरोपमा एउटा उजुरी परेकोमा चालु आर्थिक वर्षको पहिलो छ महिना एउटा पनि उजुरी नपरेको प्रमुख खड्काले बताए ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ८ : २३ बजे