२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी उद्योग वाणिज्य संघ पत्रकारसँग सहकार्य गर्दै




२५ माघ ०७८, चापागाँउ । गोदावरी उद्योग वाणिज्य संघ दक्षिण ललितपुरका पत्रकारहरुसँग सहकार्य गर्दै अघि बढ्ने भएको छ ।
ललितपुरको चापागाँउमा सोमबार भएको छलफलमा गोदावरी उद्योग वाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जनले स्थानीय पत्रकारहरुसँग गोलबन्द हुँदै अघि बढ्न चाहेको बताए ।
महर्जनले सरकारको स्थानीय निकायमा गठन हुने नीति अनुसार हालै स्थापना भएको संघले दक्षिण ललितपुरका अन्य ४ वटा गाँउपालिकाको समेत अभिभावकत्व ग्रहण गर्दै यस क्षेत्रको विकाशको नेतृत् वगर्न चाहेका बताए । उनले दक्षिण ललितपुरमा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकारहरुको विकाशमा संघले योगदान गर्न चाहेको जानकारी दिए ।


कार्यक्रममा सञ्चारकर्मी नवराज सञ्जेलले दक्षिण ललितपुरको विकाशका लागि सकारात्मक पत्रकारिताको जरुरी रहेको बताए । पानोरमा टेलिभिजनका विएम आचार्यले दक्षिण ललितपुरका सवालहरुलाई योजनाबद्ध ढंगबाट प्रचार गर्न जरुरी रहेको बताए ।
अन्नपूर्ण पोष्टका फोटोपत्रकार अशोक दुलालले स्थानीय पत्रकारिता नफस्टाइ दक्षिण ललितपुरको पत्रकारिता अघि बढ्न नसक्ने बताए । यसका लागि स्थानीय सञ्चार माध्यमहरु फस्टाउनु जरुरी रहेको र उद्योग वाणिज्य संघले यसका लागि सहयोग गर्न जरुरी रहेको बताए ।
कृशुणा मिडियाका कृष्णमुरारी पुडासैनीले पत्रकारितालाई समाज सेवाको रुपमा हेरिनु पर्ने बताए ।
किसान टेलिभिजन गोमा पाण्डेले संघले पत्रकारहरुसँग सहकार्य गर्न चाहनुले खुशीको सञ्चार भएको बताइन् ।

 

 

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ७ : ४५ बजे