९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पनौतीको मकर मेलामा दर्शनार्थीको भीड



फाइल तस्विर

२७ माघ ०७८, काठमाडौं । काभ्रेपलान्चोकको पनौतीमा लागेको मकर मेला दर्शन गर्न जाने दर्शनार्थीको संख्या बढेको छ ।
दर्शनार्थीको संख्या बढ्दा सवारी आवागमनमा समस्या भएको छ ।
‘भक्तपुरको जगाती भएर भित्रिने र बाहिरिने सवारी साधन क्युमा चलिरहेका छन् । काभ्रेपलान्चोकको पनौतीमा लागेको मकर मेलामा जाने आउने दर्शनार्थीहरुको संख्या धेरै नै भएका कारण सवारी क्युको अवस्था रहेको हो,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

पछिल्लो दिनमा कोरोना घटेसँगै सार्वजनिक र निजी सवारी सधानमा लगाइएको जोरविजोर प्रणाली खारेज भएपछि पनौतीमा लागेको मकर मेला हेर्न जानेको संख्या बढेको हो ।पनौतीको मकर मेलामा दर्शनार्थीको भीड

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  १२ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।