२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बौद्धबाट अनलाईनमार्फत सामान मगाएर पैसा नदिइ भाग्ने युवक पक्राउ




२८ माघ ०७८, काठमाडौं । अनलाईनबाट सामान मगाएर पैसा नदिई भाग्ने एक युवक प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार अनलाइनमार्फत मोबाइल फोन मगाएर लिएपछि अर्कैको घर देखाई पैसा लिएर आउछु भनेर भागेका काठमाडौं महानगरपालिका ६ सरस्वती नगर बस्ने सोलुखुम्बु, खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ घर भएका १९ वर्षीय उर्गेन टासि शेर्पालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका ७ चावहिलबाट शेर्पाले अनलाईन मार्फत २ थान आइफोन किन्ने भनी बौद्ध स्तुपा आसपास मोबाइल लिन्छु भनि मोबाइल मगाएको र मोबाइल लिएपछि छेउमा रहेको घर देखाई पैसा लिएर आउँछु भनी मोबाइल लिएर भागेको घटनामा संलग्न उनलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट नगद १४ हजार रुपैयाँ र ३ थाना मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।
उनलाई चोरी तथा डाँका सम्वन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ८ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।