९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


सुनाकोठीको वालकुमारी मन्दिरमा मूर्ति भेटिएपछि क्षमा पूजासँगै भोज गरिने




१ फागुन ०७८, सुनाकोठी । ललितपुरको सुनाकोठीस्थित वालकुमारीको मूर्ति भेटिएपछि क्षमा पूजासहित भोजको आयोजना गरिने भएको छ ।
स्थानीय जनप्रतिनिधि, गुठियार र भलाद्मीहरु सहभागी बैठकले मूर्ति भेटिएको खुशीयालीमा स्थानीय गुठीमा सहभागीहरुलाई समयवजी भोज दिने र धार्मिक परम्परा अनुसार क्षमा पूजा गर्ने निर्णय भएको ललितपुर महानगरका वडाध्यक्ष वावुराजा महर्जनले बताए ।
उनले भन,े ‘हामीले यो मूर्ति हराएपछि सहयोग गर्नेहरुलाई कार्यक्रममा सम्मान गर्नेछौं । यो कार्यक्रम यही फागुन ७ गते आयोजना गर्दैछौं ।’
उनका अनुसार मन्दिरको विशेष सुरक्षा व्यवस्था गर्ने समेत निर्णय गरिएको छ । मन्दिरभित्र ढोकामा सेन्सर, जिपिएस वा साइरन के उपर्युक्त हुन्छ प्रविधिका जानकारहरुसँग सल्लाह गरेर राखिनेछ ।
सिसिटिभी जडान गर्ने तयारी हुँदै गर्दा मूर्ति चोरी भएको महर्जनको भनाई छ । उनले भने, ‘हामीले मूर्ति चोरी भएपछि अण्डरलक र सिसिटिभि समेत राखिसकेका छौं ।’
मूर्ति चोरी हुनुअघि मन्दिर प्रवेशद्वारमा ९ वटा ताला फोरेर मूर्ति चोरिएको मन्दिरका भलाद्मी पुनीराज महर्जन बताए । उनका अनुसार मूर्ति चोरी भएपछि मन्दिर परिसरमा सिसिटिभि जडान गरिएको छ । गत माघ ९ गते राती चोरिएको मूर्ति यही माघ २८ गते विहान सातदोवाटो नजिक मन्दिरमा मूर्ति भेटिएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १० : ४८ बजे