११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नुवाकोटका थापा बैंकिङ कसूरमा पक्राउ, जिल्ला अदालत ललितपुरमा पेश




९ फागुन ०७८, ललितपुर । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–७ बस्ने नुवाकोट लिखु गाउँपालिका–४ घर भएका ३७ वर्षीय विनोद थापा रहेका छन् ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनबाट २०७८ मंसिर ७ गतेको फैसलाले १५ दिन कैद र ५१ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं फुटुङबाट पक्राउ गरेको हो ।

विनोदले आफ्नो खातामा प्रर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी बैंक अफ काठमाडौं लिमिटेड, शाखा कार्यालय गोंगबुमा निजको खाताबाट रकम भुक्तान हुने भनी चेक दिएको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ५ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।