२२ माघ २०८२, बुधबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


राप्रपा नेपाल भक्तपुर अध्यक्षमा माधव खत्री चयन




१२ फागुन ०७८, भक्तपुर । कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालको भक्तपुर अध्यक्षमा माधव खत्री चयन भएका छन् ।
राप्रपा नेपाल समर्थित कार्यकताहरूको बिहीबार सम्पन्न भेलाले खत्रीको अध्यक्षतामा ४३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो ।
नवगठित जिल्ला कार्यसमितिको बैठकले आगामी स्थानीय निकायको निर्वाचनमा महत्वपूर्ण उपलब्धि हासिल गर्नेगरी तत्काल क्षेत्रीय कार्य समिति, नगरपालिका कार्य समिति तथा भक्तपुरका सबै वडामा वडा कार्य समिति गठन गरेर कार्यक्रममा जुट्ने निर्णय गरेको अध्यक्ष खत्रीले बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  १० : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।