२२ माघ २०८२, बुधबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


अवैध रूपमा लैजान लागेको मलेसियन रिंगेट सहित भारतीय नागरिक पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

१३ फागुन ०७८, काठमाडौं । अवैध रुपमा लुकाई छिपाई वाहिरी मुलुकतर्फ लैजान लागेको ३८ हजार ९ सय मलेसियन रिंगेट सहित भारतीय नागरिक राहदानी नम्बर भि ४७१८४३६ बाहक ४० वर्षीय आरिसलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

हिमालय एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट मलेसियाको क्वालालम्पुर जान लागेका आरिसलाई विशेष सूचनाको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा निजले लिई आएको लगेजभित्र खैरो रंगको खाममा विभिन्न दरका गरी उक्त मलेसियन रिंगेट फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

बरामद मुद्रा सहित उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको  छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ८ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।