११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा ४५ दिने काष्ठकला तालिमसँगै प्रशिक्षार्थीले सुरु गरे वर्कसप




२३ फागुन ०७८, काठमाडौं । काठमाडौँ महानगरको सम्पदा तथा पर्यटन विभागले सञ्चालन गरेको ४५ दिने काष्ठकला तालिम समापन भएसँगै काष्ठकलाको वर्कशप खोलेका छन् । विभागले नेपाल हस्तकला महासंघको कला तथा शिल्प परिषद्सँगको सहकार्यमा तालिम आयोजना गरेको तालिम समापन कार्यक्रममा प्रशिक्षर्थीहरुले वर्कशप खोलेको जानकारी दिइएको छ ।
तालिम समापन अवसरमा बोल्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले, तालिम लिएका प्रशिक्षार्थीहरुले समापन हुनु अघि नै काठको वर्कसप खोलेको खवरले आफूलाई सुखद महसुस गराएको बताए । ‘हामीले धेरै तालिम चलायौँ । यसरी तालिम लिएका व्यक्तिहरुले प्रमाण पत्र लिए तर अधिकांशले काम गरेनन् । हाम्रो चाहना भनेको तालिम दिएका व्यक्तिले सिकेको सीपलाई उपयोग गरेर सानै भए पनि उद्यम चलाउन भन्ने हो ।’ मेयर शाक्यले भने, ‘२०७२ सालको भूकम्पले सम्पदा क्षेत्रमा क्षति पु¥याएपछि काष्ठकलामा काम गर्ने कलाकारको ठूलो खाँचो देखियो । त्यस बेला कलाकार पाउन कठिन भयो । कलाकारको त्यो अभाव अझै पनि छ । काठमाडौँमा यसको सम्भावना कहिल्यै सकिँदैन । हामी तपाईँहरुलाई आवश्यक पर्छ भने अर्को चरणको विशेषज्ञ तालिम पनि उपलब्ध गराउन सक्छौँ ।’
४५ दिने रोजगारमुलक आधारभूत तालिम पुस ८ गतेदेखि राष्ट्रिय सभा गृहमा सुरु भएको थियो । समापन अवसरमा प्रशिक्षार्थीहरुले तयार पारेका काष्ठकला प्रदर्शन गरिएको थियो । प्रदर्शनीको महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित अधिकारीहरुले अवलोकन गरेका थिए ।
कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
त्यस क्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले, काष्ठकलाजस्तै गरेर धातु, प्रस्तरलगायत अन्य विधामा पनि तालिम चलाउनु पर्ने बताइन् । यस प्रकारका तालिममा महिलाहरुलाई सहभागी हुन उत्साहित गर्नुपर्ने उनको धारणा थियो ।
काष्ठकलामा महानगरको यो दोस्रो संस्करणको तालिम हो । २०७२ सालको भूकम्पपछि पुननिर्माणलाई केन्द्रमा राखेर पहिलो चरणमा तालिम चलाइएको थियो । सम्पदा विभागकी प्रमुख अर्चना शाक्यले, यसलाई विस्तार गर्दै लगिने बताइन् ।
यस प्रकारको कलाकारिता कि पुस्ताबाट हस्तान्तरण हुन्छ । कि कसैलाई गुरु मानेर सिक्ने गरिन्छ । हामीले यी दुवै विधिलाई मिसाएर पाठ्यक्रम नै तयार पारेर तालिम चलाएको भएर बढी प्रभावकारी भयो । तालिम अवधिमा भएका क्रियाकलाप बारे जानकारी गराउँदै उपनिर्देशक श्रृजु प्रधानले, यस पटकको तालिमबाट प्रशिक्षक बन्न सक्ने जनशक्ति उत्पादन भएको बताउनुभयो ।
तालिमका संयोजक प्रदिप शाक्यले, तालिमका उपलब्धीलाई निरन्तरता दिनुपर्ने बताए । त्यस्तै हस्तकला महासंघको कला तथा शिल्पी परिषदका अध्यक्ष राजमान बज्राचार्यले महानगरसँगको सहकार्यमा यसप्रकारका तालिम प्रदान गर्न आफूहरु उत्सुक रहेको बताए ।
काठ र काष्ठकला, काठ छान्ने, यस कलामा प्रयोग गरिने औजार सम्बन्धी आधारभूत ज्ञानबाट तालिम सुरु गरिएको थियो । त्यसपछि औजारमा धार भए नभएको थाहा पाउने, धार लगाउने, फर्मा, ट्े«सिङ् र नक्सालाई कार्वन पेपरबाट काठमा उतार्ने, नक्सा कोर्ने, कोरेको नक्साअनुसार बुट्टा बनाउने, वुट्टा जोडने सीप सिकाइएको थियो ।
तालिममा साधारण पात, पानको पात आकारका बुट्टा (ग्वाह बुट्टा), नाग वा डारी वेरिएको जस्तो देखिने बुट्टा (नागवेली÷सिक्री), पानी तरङ्गे (ल गुजी) बुट्टा काट्न सिकाइएको थियो । त्यसैगरी घङ्गगी खू, पले बुट्टा, लहरे र मलगुली बुट्टा, फूल बुट्टाजस्ता बुट्टाका प्रकारहरु सिकाइएको थियो ।
यसै गरी बुट्टामा खाक्सी लगाउने, तयार पारिएको सामान जोड्ने, पालिस सम्बन्धी ज्ञान र पालिस लगाउने तरिका सिकाइएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ९ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।