२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुर नगरव्यापी पछिमा बाजा प्रतियोगिता सुरु




२७ फागुन ०७८, भक्तपुर ।‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ भन्ने नाराका साथ शुक्रबार भक्तपुर दरबार क्षेत्रमा नगरव्यापी पछिमा बाजा प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे । नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले बाँसुरी बाजा, धिमाय् बाजा र धाँ बाजा प्रतियोगिताको आयोजना गरिसकेको र यस वर्ष नगरव्यापी पछिमा बाजा प्रतियोगिताको आयोजना गरेको बताए ।
भक्तपुर ३ का वडाध्यक्ष राजकृष्ण गोराले भक्तपुरको कला, संस्कृति संरक्षण गरी जीवन्तता दिई नयाँ पुस्तालाई परम्परागत ज्ञान र सीप हस्तान्तरण गर्ने उद्देश्यले सांस्कृतिक प्रतियोगितामा जोड दिँदै आएको बताए ।
पछिमा बाजा प्रतियोगिताको उद्घाटन ¥याली नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा–९ दत्तात्रयमा बेलुन उडाएर सुरु गरेका थिए । ¥याली दत्तात्रयबाट सुरु भई इनाचो, गोल्मढी, सुकुलढोका, क्वाछेँ, टौमढी, नासमना, वंशगोपाल, तेखापुखु, इँटाछेँ, खौमा हुँदै नगर परिक्रमा गरी भक्तपुर दरबार क्षेत्रमा पुगी सभामा परिणत भएको थियो ।
¥यालीमा भक्तपुर नपाका जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, सहकारी संस्थाहरू, टीम, क्लब, पुस्तकालय, संघसंस्था, संस्कृतिप्रेमी, भक्तपुर नपाका कर्मचारीहरू र सहभागी सांस्कृतिक टोलीहरूको सहभागिता थियो ।
¥याली सुरु हुनुअघि भनपा–७ का वडाध्यक्ष उकेश कवां र वडा नम्बर १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले पनि कार्यक्रमको उद्देश्यबारे चर्चा गरेका थिए । भक्तपुर नगरस्तरीय पछिमा बाजा प्रतियोगितामा नगरभित्रका ३५ वटा पछिमा बाजा समूहले दर्ता गराएकोमा ३३ वटा बाजा टोलीले भाग लिएका छन् ।
सहभागी बाजा समूह

१. महेश्वरी बाँसुरी बाजा समूह (ख), भ.न.पा ७
२. बालाखु बाँंसुरी बाजा समूह, भ.न.पा २
३. लोकेश्वर सांस्कृतिक समूह, भ.न.पा २
४. महाकाली नाच खर्बुजा समूह, भ.न.पा ३
५. सिद्धि गणेश बाँसुरी बाजा, भ.न.पा ७
६. महाकाली प्याखं मुस्याख्व समूह, भ.न.पा ३
७. श्री नगांचा बाँसुरी बाजा समुह, भ.न.पा १०
८. गछें दाफाभजन समूह, भ.न.पा ९
९. मुक्ती संगीत प्रशिक्षण केन्द्र, भ.न.पा ५
१०. देवी प्याखं, भ.न.पा ४
११. खिंछे दाफा भजन खल, भ.न.पा ५
१२. याछें गणेश नौ बाजा दाफा भजन, भ.न.पा ६
१३. श्री चोछें छुमा गणेश बाँसुरी बाजा खल, भ.न.पा ६
१४. डम्बरेश्वर बाजा खल भजन मण्डल, भ.न.पा ७
१५. झिगु ख्वप बचत बांसुरी बाजा, भ.न.पा ७
१६. श्री नित्यनाथ बाँसुरी बाजा खल, भ.न.पा १०
१७. लाकोलाछें जालांचा बाँसुरी बाजा, भ.न.पा ४
१८. छुमा गणेश तुछीमला ढल्चा भजन, भ.न.पा ६
१९. हरिभजन दाफा ब्यासी (क), भ.न.पा २
२०. श्री कविलाश नृत्य नाथ बाँसुरी, बाजा समूह, भ.न.पा ४
२१. हरिभजन दाफा ब्यासी (ख), भ.न.पा २
२२. वाकुपति नारायण नौ दाफा भजन (क), भ.न.पा ९
२३. महेश्वरी बांसुरी बाजा समूह (क) , भ.न.पा ७
२४. साकोलान ङखगुलाँ बाजा खल, भ.न.पा ९
२५. तचपाल मको गल्ली बाजा समूह, भ.न.पा ९
२६. वाकुपति नारायण नौ दाफा भजन (ख), भ.न.पा ९
२७. भक्तपुर बचत तथा ऋण सहकारी संस्था, भ.न.पा ९
२८. नास हैमा बाजा खल, भ.न.पा १
२९. त्वचा गुरु गणेश समूह, भ.न.पा ९
३०. कमिचा गल्ली बाँसुरी बाजा समूह, भ.न.पा ९
३१. समृद्धि कृषि सहकारी संस्था लि. , भ.न.पा ९
३२. पासा पुचः समू, भ.न.पा ९
३३. छुमा गणेश बाँसुरी बाजा, भ.न.पा ६
३४. आकास भैरव नौ बाजा भजन गुठी, भ.न.पा ४
३५. सनराइज बाँसुरी बाजा खलः, भनपा ८

 

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ७ : ०६ बजे