२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटनमा महिला उद्यमी मेला शुरु




२७ फागुण ०७८, शुक्रबार । ललितपुरको पाटनमा उद्यमी मेला सुरु भएको छ ।
महिला सशक्तिकरणको आधार ः उद्यमशीलता र रोजगार भन्ने नाराका साथ ललितपुरको नागबहालमा शुक्रबारदेखि महिला उद्यमी मेला शुरु भएको हो ।
१ सय १२ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुुर महानगरपालिका १६ ले सो मेलाको आयोजना गरेको हो । मेलाको उद्घाटन गर्दै वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले महिलाद्वारा उत्पादित सामग्री प्रवद्र्धन गर्न यस किसिमका मेलाहरु उपयोगी रहेको धारणा राखे ।
मन्त्री लामाले ललितपुरमा हस्तकलाका सामग्री अन्तर्राष्ट्रिय बजारमै ठूलो माग हुने गरेको र नेपालले तुलनात्मक लाभ लिन सकिने सामग्री रहेको बताउँदै यसको प्रर्वद्धनमा राज्यले ठोस र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
सो अवसरमा वाग्मती प्रदेशका सांसद् शोभा शाक्यले ललितपुरलाई विश्वको ३५ औं कला नगरीको घोषणा गरेको तीन वर्ष बितिसक्दा पनि त्यस दिशामा खासै काम नभएको बताइन् ।
ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालले महिलालाई आर्थिक रुपमा सबलीकरण नगरेसम्म महिला व्यावहारिक र वास्तविक रुपमा सशक्तिकरण नहुने धारणा राखिन् ।
मेलाका मुख्य संयोजक एवं वडाअध्यक्ष निर्मलरत्न शाक्यले वडाले पूर्वाधार विकाससंगै मानवीय विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्दै आएको जानकारी दिदै मेला यसैको एउटा कडी रहेको बताए ।
आईतबारसम्म सञ्चालन हुने सो मेलामा महिलाद्वारा उत्पादित र महिला संलग्न रहेको व्यवसाय सम्बद्ध ५१ वटा स्टलहरु राखिएको छ । धातुका मूर्तिहरुका बुट्टा कोर्ने, परम्परागत रुपमा सूकुल बुन्ने तरिका विषयमा जीवन्त प्रदर्शनी मेलामा हर्न सकिने छ । ललितपुर उद्योग वाणिज्यले ललितपुरमा उत्पादित वस्तुको प्रवद्र्धन अघि सारेको मेड इन ललितपुरकोृ अवधारणा अनुरुप ललितपुरमा उत्पादित वस्तुको स्टल विशेष महत्वका साथ राखिएको छ । नेपाल हस्तकला महासंघ, ललितपुर हस्तकला संघको तर्फबाट धातुका मूर्तिहरु र अन्य हस्तकलाका सामग्रीहरु पनि प्रदर्शन तथा बिक्री वितरणको लागि राखिएको छ ।
मेलामा हस्तकलाको प्रत्यक्ष कार्यशाला समेत राखिएको छ । मेला परिसरमा फुट स्टल,फोटो तथा कला प्रर्दशनी समेत हेर्न सकिन्छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ९ : ५६ बजे